पोखरामा आजदेखि आहा-रारा गोल्डकप फुटबल सुरु हुँदै

पहिलो खेलमा सहारा र थ्रीस्टार क्लब भिड्ने

नेपालभ्युज

पोखरामा आजदेखि आहा-रारा गोल्डकप फुटबल सुरु हुँदै

काठमाडौं । आहा-रारा गोल्डकप फुटबल प्रतियोगिता आजदेखि पोखरामा सुरु हुँदै छ ।

पोखरा रंगशालामा दिउँसो २ बजे हुने उद्घाटन खेलमा आयोजक सहारा र थ्रीस्टार क्लब भिड्दैछन् । २०५८ सालदेखि निरन्तर हुँदै आएको आहा-रारा पोखरा गोल्डकपको यो २३ औं संस्करण हो ।

माघ २० गतेसम्म चल्ने प्रतियोगितामा एक विदेशीसहित १२ टिम सहभागी हुँदैछन् ।

प्रतियोगितामा साविक विजेता संकटा, नेपाल प्रहरी, त्रिभुवन आर्मी, एपीएफ, मनाङ मर्स्याङ्दी, जावलाखेल युथ क्लब, चर्च ब्वाइज, मच्छिन्द्र, थ्रीस्टार, राइजिङ स्टार, भुटानको राष्ट्रिय लिग विजेता क्लब पारो एफसी र आयोजक सहारा क्लब सहभागी हुने छन्।

यसअघि आहारारा गोल्डकपमा दिल्ली एफसी सहभागी हुने बताइएको थियो । अन्तिममा दिल्ली नआउने भएपछि विभागीय टिम एपीएफ भित्रिएको हो ।

प्रतियोगिताको विजेताले १२ लाख १ हजार रुपैयाँ र उपविजेताले ६ लाख १ हजार रुपैयाँ पाउनेछन् ।

 

 

 

 

 

 

 

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved