मधेस प्रदेशका शिक्षामन्त्री प्रहरीबाट कुटिए

सप्तरीको राजविराज १३ स्थित विषहरियामा जसपा अध्यक्ष उपेन्द्र यादवले गर्ने मधेस प्रदेश कृषि विश्वविद्यालयको शिलान्यास कार्यक्रममा विरोध गर्न पुगेका मन्त्री यादवमाथि प्रहरीले लाठी प्रहार गरेको हो ।

मधेस प्रदेशका शिक्षामन्त्री प्रहरीबाट कुटिए

जनकपुरधाम । प्रहरीको लाठी प्रहारबाट मधेस प्रदेशका शिक्षा तथा संस्कृतिमन्त्री महेश प्रसाद यादवको टाउको फुटेको छ ।

सप्तरीको राजविराज १३ स्थित विषहरियामा जसपा अध्यक्ष उपेन्द्र यादवले गर्ने मधेस प्रदेश कृषि विश्वविद्यालयको शिलान्यास कार्यक्रममा विरोध गर्न पुगेका मन्त्री यादवमाथि प्रहरीले लाठी प्रहार गरेको हो ।

शिक्षामन्त्रीसमेतलाई बेवास्ता गरी राखिएको शिलान्यास कार्यक्रमको जनमत पार्टीले विरोध गर्दै आएको छ । यसअघि ऐन नियम मिचेर मधेस प्रदेश कृषि विश्वविद्यालयले विभिन्न गतिविधि अघि बढाएको तथा व्यापक अनियमितता र भ्रष्टाचार गरेको भन्दै हिजो आइतबार जनमत पार्टीका स्थानीय नेता तथा कार्यकर्ताले तालाबन्दी गरेका थिए ।

यस्तै प्रदेशका शिक्षा तथा संस्कृतिमन्त्री यादवले जबरजस्ती विश्वविद्यालयको शिलान्यास गरे त्यसबाट उत्पन्न हुनसक्ने अप्रिय घटनाको सम्पूर्ण जिम्मेवार उपकुलपति र रजिष्ट्रार नै हुने भनी आइतबार साँझ नै प्रेस विज्ञप्तिमार्फत ध्यानाकर्षण गराएका थिए ।

उनले प्रेस विज्ञप्तिमा शिक्षामन्त्रीको हैसियतले आफू विश्वविद्यालयको सिनेटको अध्यक्ष हुँदाहुँदै पनि शिलान्यासबारे कुनै जानकारी नदिइएको उल्लेख गरेका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved