यू-१९ विश्वकपमा न्यूजिल्याण्डसँग नेपालको संघर्षपूर्ण हार, भएन अलआउट

अर्जुन कुमालको ९० रन

३०३ रनको उच्च लक्ष्य पछ्याएको नेपालले अन्तिमसम्म संघर्ष गरेको थियो । पुरै ओभर खेलेर नेपालले २३८ रन बनायो । सुवास भण्डारी र तिलक भण्डारीले अन्तिमसम्म इनिङ्स सम्हाले ।

नेपालभ्युज

यू-१९ विश्वकपमा न्यूजिल्याण्डसँग नेपालको संघर्षपूर्ण हार, भएन अलआउट

काठमाडौं । यू-१९ विश्वकप क्रिकेटमा नेपाल आफ्नो पहिलो खेलमा न्यूजिल्याण्डसँग ६४ रनले पराजित भएको छ ।

दक्षिण अफ्रिकाको इस्ट लन्डनस्थित बफेलो पार्कमा ३०३ रनको उच्च लक्ष्य पछ्याएको नेपालले अन्तिमसम्म संघर्ष गरेको थियो ।

पुरै ओभर खेलेर नेपालले २३८ रन बनायो । सुवास भण्डारी र तिलक भण्डारीले अन्तिमसम्म इनिङ्स सम्हाले । सुवास ३३ र तिलक १७ रनमा अविजित रहे ।

त्यसअघि अर्जुन कुमालले ९० रन बनाएपनि नेपाल जित नजिक पुग्न सकेन । १०४ बलमा १२ चौका प्रहार गरेका कुमाल विश्वकपमा शतक प्रहार बन्ने पहिलो नेपाली खेलाडी बन्नबाट १० रनले चुके ।

कप्तान देव खनालले ३६ रन बनाए । १८ रन बनाउँदा २ विकेट गुमाएपछि नेपाल सुरुवातबाटै दबाबमा परेको थियो ।

कुमाल र खनालले ५९ रनको साझेदारी गरेर केही आशा जगाए । तर, एउटा खराब सट खेल्दा खनाल आउट भएपछि नेपाल सम्हालिन सकेन ।

१०४ बलमा १२ चौका प्रहार गरेका कुमाल विश्वकपमा शतक प्रहार बन्ने पहिलो नेपाली खेलाडी बन्नबाट १० रनले चुके ।

दिपक बोहराले १५, आकाश चन्दले १४ रन बनाए ।

टस जितेर पहिले ब्याटिङ रोजेको न्युजिल्याण्डले पुरै ओभर खेलेर ८ विकेट गुमाउँदै ३०२ रन बनाएको थियो ।

स्नेथी रेड्डीले धुँवाधार ब्याटिङ गरेपछि न्युजिल्याण्डले उच्च स्कोर बनाउन सफल भयो । रेड्डि १२५ बलमा १४७ रन बनाउँदै अविजित रहे ।

ओस्कार ज्याक्सनले ७५ र ओपनर टोम जोन्सले ३३ रनको योगदान गरे ।

नेपालका सुवास भण्डारीले ३, गुल्सन झाले २ तथा आकास त्रिपाठी, दिपेश कँडेल र तिलक भण्डारीले १-१ विकेट लिए ।

विश्वकपमा यो नेपालको पहिलो खेल हो । दोस्रो प्रतिस्पर्धा आगामी बुधबार पाकिस्तानसँग हुनेछ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved