अन्डर-१९ विश्वकप : न्युजिल्याण्डसँग नेपालले पायो ३०३ रनको उच्च लक्ष्य

दक्षिण अफ्रिकाको इस्ट लन्डनस्थित बफेलो पार्कमा टस जितेर पहिले ब्याटिङ रोजेको कीवीज टोलीले पुरै ओभर खेलेर ८ विकेट गुमाउँदै ३०२ रन बनाएको हो । ६७ रनमा ३ विकेट लिन नेपाल सफल भएको थियो तर, त्यसलाई निरन्तरता दिन सकेन ।

नेपालभ्युज

अन्डर-१९ विश्वकप : न्युजिल्याण्डसँग नेपालले पायो ३०३ रनको उच्च लक्ष्य

काठमाडौं । अन्डर-१९ विश्वकप क्रिकेटमा न्युजिल्याण्डले नेपाललाई ३०३ रनको उच्च लक्ष्य दिएको छ ।

दक्षिण अफ्रिकाको इस्ट लन्डनस्थित बफेलो पार्कमा टस जितेर पहिले ब्याटिङ रोजेको कीवीज टोलीले पुरै ओभर खेलेर ८ विकेट गुमाउँदै ३०२ रन बनाएको हो ।

६७ रनमा ३ विकेट लिन नेपाल सफल भएको थियो तर, त्यसलाई निरन्तरता दिन सकेन । स्नेथी रेड्डीले धुँवाधार शतकीय पारि खेलेपछि नेपाली बलर निरास भएका थिए ।

१२५ बलमा १४७ रन बनाएर रेड्डी नटआउट रहे । उनले ६ छक्का र ११ चौका प्रहार गरेका थिए ।

यस्तै ओस्कार ज्याक्सनले ७५ रनको योगदान गरे । ओपनर टोम जोन्सले ३३ र एलेक्सजेन्डर थोम्सन १३ रनमा आउट भएका थिए ।

नेपालका लागि सुवास भण्डारीले ३, गुल्सन झाले २ तथा आकास त्रिपाठी, दिपेश कँडेल र तिलक भण्डारीले १-१ विकेट लिए ।

यो विश्वकपमा नेपालले पहिलो खेल खेलेको हो । अभ्यास खेलमा गतिलो बलिङ गरेको नेपालले आज भने त्यस्तो प्रदर्शन देखाउन सकेन ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved