राष्ट्रिय सभामा एमालेबाट चुनाव लड्ने १९ उम्मेदवारको नाम सार्वजनिक (सूचीसहित)

नेपालभ्युज

राष्ट्रिय सभामा एमालेबाट चुनाव लड्ने १९ उम्मेदवारको नाम सार्वजनिक (सूचीसहित)

काठमाडौं । माघ ११ गते हुने राष्ट्रियसभा निर्वाचनमा एमालेबाट मैदानमा उत्रने १९ जनाको नाम सार्वजनिक भएको छ ।

एमालेले गण्डकी प्रदेशमा बागलुङका मोहनलाल शर्मा, मुस्ताङका हेमन्त शेरचन र गोरखाकी सम्झना देवकोटालाई राष्ट्रियसभा उम्मेदवार बनाउने भएको छ ।

त्यस्तै एमालेबाट कर्णालीमा मुगुका डिल्लीराज भट्ट, दैलेखका हिक्मत बिक र हुम्लाकी विमलाकुमारी शाही उम्मेदवार बन्ने टुंगो लागेको छ ।

एमाले बागमतीले राष्ट्रियसभाको उम्मेदवारका लागि दोलखाकी रोचकुमारी चौलागाईं, काठमाडौंका विवेक देवकोटा, धादिङका ध्रुव विश्वकर्मा र चितवनका निर्मल पौडेलको नाम टुंगो लगाएको हो ।

त्यस्तै एमाले सुदूरपश्चिमले ईश्वरीप्रसाद खरेल, सावित्रा घिमिरे र रामचन्द्र जोशीको नाम फाइनल गरेको छ ।

एमालेले कोशीमा महिलाबाट सुनसरीकी रुक्मिणी चौधरी र अन्यबाट भोजपुरका पर्शुराम अधिकारीलाई उम्मेदवार बनाउने भएको छ ।

एमालेले मधेसबाट महिलातर्फ पर्साकी उषादेवी थरुनी र अन्यबाट महोत्तरीका अर्जुनकुमार सिंहलाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।

त्यस्तै लुम्बिनीबाट महिलातर्फ दाङकी तुलसाकुमारी केसी र अन्यतर्फ पाल्पाका झपेन्द्रबहादु घर्ती उम्मेदवार हुनेछन् ।

राष्ट्रियसभा निर्वाचनका लागि भोलि मनोनयन दर्ता हुँदैछ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved