प्रधानमन्त्री कप महिला क्रिकेट :

कोशी र एपीएफको लगातार तेस्रो जित

नेपालभ्युज

कोशी र एपीएफको लगातार तेस्रो जित

काठमाडौं। प्रधानमन्त्री कप राष्ट्रिय महिला टी–२० क्रिकेट प्रतियोगितामा कोशी प्रदेशले मधेस प्रदेशलाई पराजित गरेको छ।

कीर्तिपुुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आईतबार भएको खेलमा कोशीले मधेसलाई ६० रनले पराजित गरेको हो। यो कोशीको लगातार तेस्रो जित हो।

१३० रनको लक्ष्य पछ्याएको मधेसले पूरै ओभर खेलेर ९ विकेटको क्षतिमा मात्र ६९ रन बनायो। मधेसका लागि साना प्रभिनले अविजित २७ र आरती महत्तोले १८ रन बनाइन्। कोशीका लागि सबनम राई, अलिशा खडियाले २–२ तथा संगीता राई र रुबिना क्षेत्रीले १–१ विकेट लिए।

पहिले ब्याटिङ गरेको कोशीले पूरै ओभर खेलेर ४ विकेटको क्षतिमा १२९ रन बनाएको हो। कोशीका लागि रुबिना क्षेत्रीले ६४ बलमा ९ चौका प्रहार गर्दै ५७ रन बनाइन्। अप्सरी बेगमले ३९ रन बनाइन्। मधेसका लागि मीना महत्तोले २ तथा पूजा महत्तो र सरस्वती कुँवरले भने १–१ विकेट लिए।

यस्तै, मूलपानी क्रिकेट मैदानमा भएको खेलमा एपीएफले लुम्बिनीलाई ९० रनले पराजित गर्यो। एपीएफको पनि यो तेस्रो जित हो।

१५२ रनको लक्ष्य पछ्याएको लुम्बिनीले पूरै ओभर खेलेर ९ विकेटको क्षतिमा मात्र ६१ रन बनायो। लुम्बिनीका लागि लक्ष्मी चौधरीले २८ रन बनाइन्। एपीएफको लागि इन्दु बर्माले ३, विन्दु बुढाले २ तथा रेखा रावल, करुणा भण्डारी र सीता राना मगरले १–१ विकेट लिए।

पहिले ब्याटिङ गरेको एपीएफले लुम्बिनी प्रदेशलाई १५२ रनको लक्ष्य दियो। एपीएफले पुरै ओभर खेलेर ३ विकेटको क्षतिमा १५१ रन बनायो। एपीएफका लागि इन्दु बर्माले अविजित ७० रन बनाईन्। उनले सो क्रममा ५१ बलमा ७ चौका र १ छक्का प्रहार गरिन्। ममता चौधरीले ५८ बलमा ५ चौका प्रहार गर्दै ५९ रन बनाइन्।

लुम्बिनीका लागि शर्मिला रोकाले र सरस्वती पुनले १–१ विकेट लिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved