प्रधानमन्त्री कप महिला क्रिकेट :

कोशीले दियो मधेसलाई १३० रनको लक्ष्य

नेपालभ्युज

कोशीले दियो मधेसलाई १३० रनको लक्ष्य

काठमाडौं। प्रधानमन्त्री कप राष्ट्रिय महिला टी–२० क्रिकेट प्रतियोगितामा कोशी प्रदेशले मधेस प्रदेशलाई १३० रनको लक्ष्य दिएको छ।

कीर्तिपुुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी खेलमा कोशीले पूरै ओभर खेलेर ४ विकेटको क्षतिमा १२९ रन बनाएको हो।

कोशीका लागि रुबिना क्षेत्रीले ६४ बलमा ९ चौका प्रहार गर्दै ५७ रन बनाए। अप्सरी बेगमले ३९ रन बनाए। मधेसका लागि मीना महत्तोले २ तथा पूजा महत्तो र सरस्वती कुँवरले भने १–१ विकेट लिए।

यस्तै, मूलपानी क्रिकेट मैदानमा जारी खेलमा एपीएफले लुम्बिनी प्रदेशलाई १५२ रनको लक्ष्य दियो। एपीएफले पूरै ओभर खेलेर ३ विकेटको क्षतिमा १५१ रन बनायो।

एपीएफका लागि इन्दु बर्माले अविजित ७० रन बनाइन्। उनले सो क्रममा ५१ बलमा ७ चौका र १ छक्का प्रहार गरिन्। ममता चौधरीले ५८ बलमा ५ चौका प्रहार गर्दै ५९ रन बनाए।

लुम्बिनीका लागि शर्मिला रोकाले र सरस्वती पुनले १–१ विकेट लिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved