प्रो क्लब क्रिकेटमा आर्मीले भारतको नोएडालाई हरायो

नेपालभ्युज

प्रो क्लब क्रिकेटमा आर्मीले भारतको नोएडालाई हरायो

काठमाडौं। नेपाल प्रो क्लब च्याम्पियनसिप टी–२० क्रिकेटमा नेपाल आर्मी क्लबले वन्डर्स क्लब नोएडालाई पराजित गरेको छ।

वीरगंजस्थित नारायणी क्रिकेट मैदानमा शुक्रबार भएको खेलमा आर्मीले नोएडालाई ६ विकेटले पराजित गरेको हो।

१०० रनको लक्ष्य आर्मीले १३.१ ओभरमा ४ विकेटको क्षतिमा पूरा गर्यो। आर्मीका लागि कुशल मल्लले ३५ बलमा २ चौका र ३ छक्का प्रहार गर्दै ४१ रन बनाए। सन्तोश कार्कीले २३ बलमा ३ चौका र २ छक्का प्रहार गर्दै ३७ रन बनाए। नौइडाका लागि रितिक वत्सले ३ विकेट लिए।

पहिले ब्याटिङ गरेको नोइडाले पूरै ओभर खेलेर ८ विकेटको क्षतिमा ९९ रन बनायो। नोइडाको लागि रितिक अरोरा र हर्शीत शेगीले २०–२० रन जोडे। आर्मीका लागि शाहब आलमले ४ तथा बसिर अहमद, कुशल मल्ल र सोमपाल कामीले १–१ विकेट लिए।

यसपछि एपीएफ क्लब र उत्तर प्रदेश एक्स आई सवा १ बजे आमने सामने हुनेछन्।

प्रतियोगितामा उत्तर प्रदेश, पर्सा, वान्डर्स क्लब, नोएडा र ३ विभागीय टोलीको सहभागिता छ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved