एनएसएल : वीरगंजसँग काठमाडौं स्तब्ध, विलियमको ह्याट्रिक

नेपालभ्युज

एनएसएल : वीरगंजसँग काठमाडौं स्तब्ध, विलियमको ह्याट्रिक

काठमाडौं। नेपाल सुपर लिग (एनएसएल) फुटबलमा वीरगंज यूनाईटेड एफसीसँग काठमाडौं रेजर्स स्तब्ध भएको छ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बिहीबार भएको खेलमा वीरगंजले काठमाडौंलाई ४–१ को फराकिलो गोलअन्तरले हराएको हो ।

वीरगंजको जितमा विलियम ओपुकुले ह्याट्रिक गरे । अर्को गोल सुनिल खड्काका नाममा रह्यो ।

उनले पहिलो हाफको इन्ज्यूरी समय तथा ५५ औँ र ५७ औँ मिनेटमा गोल गरेका थिए । एनएसएलको दोस्रो संस्करणमा यो पहिलो ह्याट्रिक हो।

४६ औँ मिनेटमा सुनिलले पनि गोल गरेका थिए । काठमाडौंका एन्केन्ग्वे जुनियरले २० औं मिनेटमा गोल गरेर अग्रता दिलाए पनि टिक्न सकेन ।

यससँगै ७ खेलबाट ८ अंक जोडेको वीरगंज छैंटौँ स्थानमा उक्लिँदा काठमाडौं भने ९ अंकसहित पाँचौँ स्थानमा छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved