विवाह पञ्चमीमा मुख्यमन्त्री यादवले दिए शुभकामना, आइतबार सार्वजनिक बिदा

नेपालभ्युज

विवाह पञ्चमीमा मुख्यमन्त्री यादवले दिए शुभकामना, आइतबार सार्वजनिक बिदा

काठमाडौं । विवाह पञ्चमी महोत्सवको अवसरमा मधेस प्रदेश सरकारले आइतबार सार्वजनिक बिदा दिएको छ ।

प्रदेशको क्यालेन्डर अनुसार साताव्यापी विवाहपञ्चमी महोत्सवमा बिदा दिइने उल्लेख भए अनुसार बिदा दिइएको हो ।

मुख्यमन्त्री सरोजकुमार यादवले विवाह पञ्चमीको अवसरमा जनकपुरधाममा पाल्ने श्रद्धालु भक्तजनहरूलाई माता र प्रभुको आशीष मिलोस् भन्दै  शुभकामना व्यक्त गरेका छन्।

त्रेता युगमा सीता र रामको विवाह भएको स्मरणमा मिथिला क्षेत्रमा साताव्यापी विवाहपञ्चमी महोत्सव मनाउने गरिन्छ। विवाह पञ्चमीमा भारतको अयोध्याबाट हरेक वर्ष जन्ती समेत आउने गरेका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved