सरकारले भूकम्पमा घर भत्किएका परिवारलाई तत्काल ५० हजार दिने

कात्तिक १७ गएको भूकम्पबाट पूर्ण रूपमा घर भत्किएकाहरूलाई अस्थायी आवास बनाउन सरकारले तत्काल ५० हजार रुपैयाँ दिन लागेको हो ।

नेपालभ्युज

सरकारले भूकम्पमा घर भत्किएका परिवारलाई तत्काल ५० हजार दिने

काठमाडौं । सरकारले भूकम्पका कारण जाजरकोट र रुकुमपश्चिममा घर भत्केकाहरुलाई तत्काल ५० हजार रुपैयाँ दिने भएको छ ।

कात्तिक १७ गएको भूकम्पबाट पूर्ण रूपमा घर भत्किएकाहरूलाई अस्थायी आवास बनाउन सरकारले तत्काल ५० हजार रुपैयाँ दिन लागेको हो ।

गृह मन्त्रालयको विपद् न्यूनीकरण समितिको आइतरबार बसेको बैठकले अस्थायी आवास बनाउन प्रतिपरिवारलाई ५० हजार रुपैयाँ दिने निर्णय गरेको हो । समितिले उक्त रकम दुई किस्तामा उपलब्ध गराउने जनाएको छ ।

भूकम्पका कारण जाजरकोट र रूकुम पश्चिममा २६ हजार पाँच सय ५७ घरमा पूर्ण रूपमा क्षति भएको छ भने ३५ हजार चार सय ५५ घरमा आंशिक क्षति पुगेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved