सुन्दर घ्याम्पे डाँडाबाट देखिएका मनमोहक दृश्यहरू

यहाँ योग र साधना गर्नेहरुका लागि सोमनाथ ध्यानकेन्द्र (पाइलटबाबा आश्रम) समेत बनेको छ भने वनभोजका लागि सुविधासम्पन्न स्पटहरु बनाइएका छन् ।

सुन्दर घ्याम्पे डाँडाबाट देखिएका मनमोहक दृश्यहरू

भक्तपुर। समुन्द्री सतहबाट २००० मिटर उचाइमा रहेको भक्तपुरको सूर्यविनायक नगरपालिका– ७ मा अवस्थित घ्याम्पे डाँडामा पर्यटकीय चहलपहल बढेको छ ।

अरनिको राजमार्गमा पर्ने सूर्यविनायक चोकबाट ४ किलोमिटर दक्षिणमा रहेको घ्याम्पे डाँडाबाट काठमाडौं र भक्तपुरका सुन्दर बस्तीहरु देख्न सकिन्छ। मौसम खुलेको बेला यहाँबाट गौरीशंकर हिमालदेखि अन्नपूर्ण हिमशृंखलासम्मको हिमाली दृश्य देखिन्छ।

घ्याम्पे डाँडाको पूर्वमा आशपुरी महादेव, दक्षिणमा फूलचोकी डाँडा, उतरमा सूर्यविनायक गणेश र पश्चिममा अनन्तलिंगेश्वर महादेव रहेको छ।

घ्याम्पे डाँडबाट करिब एक किलोमिटर माथि ऐतिहासिक रानीकोट दरबार अवस्थित छ । उक्त स्थानमा दरबारमा रानीले नुहाउने ऐतिहासिक कुवा र मल्लकालीन रानीको दरबार रहेको छ । घ्याम्पे डाँडामा पर्यटकहरुका लागि पर्याप्त होटेल रहेका छन् ।

यहाँ योग र साधना गर्नेहरुका लागि सोमनाथ ध्यानकेन्द्र (पाइलटबाबा आश्रम) समेत बनेको छ भने वनभोजका लागि सुविधासम्पन्न स्पटहरु बनाइएका छन् ।

यहाँ दिनानुदिन पर्यटकको आगमन बढ्दो छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved