कोशी प्रदेशमा सरकारलाई दिएको समर्थन फिर्ताबारे छलफल गर्न एमालेको बैठक

नेपालभ्युज

कोशी प्रदेशमा सरकारलाई दिएको समर्थन फिर्ताबारे छलफल गर्न एमालेको बैठक

काठमाडौं। एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिने वा कायमै राख्नेबारे छलफल गर्दैछ।

नेकपा एमालेले कोशी प्रदेश संसदीय दलको बैठक बोलाएको छ । प्रदेश सभा बैठक बस्नुअघि एमालेले प्रदेश सभा संसदीय दलको बैठक बोलाएको हो ।

मूख्यमन्त्रीले गठबन्धनबाट मन्त्री बनाएपछि एमाले बाहिरिन लागेको हो । उसले आफूहरू गठबन्धनमा रहन नसक्ने भन्दै समर्थन फिर्ता लिने चेतावनी दिँदै आएको छ । यस्तोमा सत्ता गठबन्धनले भने राप्रपालाई सभामुख दिएर सत्ता जोगाउने कसरत जारी राखेको छ ।

एमाले कोशी प्रदेश संसदीय दलका प्रमुख सचेतक रेवती भण्डारीले दलको बैठकको निर्णय अनुसार समर्थन फिर्ता लिने नलिने टुंगो लाग्ने बताए ।

कांग्रेसको शेखर कोइराला समूहका नेता केदार कार्कीलाई मुख्यमन्त्री बनाउन सहयोग गरेको एमालेले आफ्नो चाहनाविपरीत सत्ता गठबन्धनका दुई जनालाई सरकारमा ल्याइएपछि आफ्ना मन्त्री रामबहादुर मगरलाई राजीनामा गर्न लगाइसकेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved