नेप्सेमा हरियाली, परिसूचक २ हजार विन्दुमा उक्लियो 

नेपालभ्युज

नेप्सेमा हरियाली, परिसूचक २ हजार विन्दुमा उक्लियो 
प्रतीकात्मक तस्वीर

काठमाडौं । तेस्रो लगानी सम्मेलन सकिएको भोलि पल्ट नेप्सेमा हरियाली छाएको छ । साताको कारोबारको तेस्रो दिन नेप्से परिसूचक २५ दशमलव ९३ अंकले बढेर २००६ दशमलव २८ को विन्दुमा उक्लिएको छ ।

आज ३२० कम्पनीका ७५ हजार २ सय ७१ पटकको कारोबारमा १ करोड १८ लाख ३८ हजार १ सय ५० कित्ता सेयर खरिद बिक्री भएको छ । जसमा कारोबार रकम भने ४ अर्ब ८० करोड ४४ हजार ६ सय १ रुपैयाँ रहेको छ ।

त्यस्तै, मंगलबार क वर्गको कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ५ दशमलव ५८ अंकले बढेर ३५७ दशमलव ५४ को विन्दुमा पुगेको छ ।
आज फाइनान्स कम्पनीहरूमा लगानीकर्ता झुम्मिएका छन् भने सबैभन्दा कम कारोबार म्युचुअल फन्डहरूको भएको छ  ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved