गत वर्षको तुलनामा सामसङको मुनाफा ९३३ प्रतिशतले बढ्यो

नेपालभ्युज

गत वर्षको तुलनामा सामसङको मुनाफा ९३३ प्रतिशतले बढ्यो

एजेन्सी । दक्षिण कोरियाली स्मार्टफोन निर्माता कम्पनी सामसङ इलेक्ट्रोनिक्सको सञ्चालन मुनाफाले छलाङ मारेको छ । यस वर्षको पहिलो त्रैमासमा कम्पनीले ६६ खर्ब वन सञ्चालन मुनाफा गरेको छ ।

मुनाफाको यो आकार गत वर्षको सोही अवधिको तुलनामा ९३१ प्रतिशत धेरै भएको बताइएको छ । समीक्षा अवधिमा कम्पनीले ७१९ खर्ब वन आम्दानी गरेको छ । यो पनि गएको वर्षको सोही अवधिको तुलनामा १२ दशमलव ८१ प्रतिशत धेरै हो ।

ग्यालेक्सी २४ स्मार्टफोन उच्च बिक्रीका कारण कम्पनीको आम्दानी र मुनाफा दुवै बढेको बताइएको छ । मेमोरी चिपको उच्च मूल्यका चिप व्यवसाय नाफामा फर्किदा पनि कम्पनीको फाइदा बढेको हो । गएको वर्ष भने माग सुस्ताउँदा कम्पनीले यस अघि कहिले नदेखिएको घाटा बेहोरेको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved