जाजरकोटमा ठूलो भूकम्पपछि परकम्प जाने क्रम जारी

नेपालभ्युज

जाजरकोटमा ठूलो भूकम्पपछि परकम्प जाने क्रम जारी

काठमाडौं । जाजरकोटमा ६.४ म्याग्निच्यूटको ठूलो भूकम्पपछि परकम्प जाने क्रम जारी छ । शुक्रबार राति ११.४७ मा ठूलो भूकम्प गएको थियो ।

रातभरीमा जाजरकोट केन्द्र बनाएर ४ म्याग्निच्यूटभन्दा माथिका चार परकम्प गएका छन् ।

भूकम्प मापन केन्द्रका अनुसार जाजरकोट केन्द्र बनाएर राति १२ बजेर ८ मिनेटमा ४.५, १२ बजेर २९ मिनेटमा ४.२, १२ बजेर ३५ मिनेटमा ४.३ र शनिबार बिहान ४ बजेर १६ मिनेटमा ४.६ म्याग्निच्यूटका परकम्प गएका छन् ।

यी सबैको केन्द्रबिन्दु रामीडाँडा र पैंक आसपास रहेको केन्द्रले उल्लेख गरेको छ । ठूलो भूकम्पको केन्द्र पनि रामीडाँडा आसपास नै थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved