मुख्यमन्त्री कार्कीले गरे रणनीति परिवर्तन- गठबन्धनबाटै मन्त्री नियुक्त गर्ने तयारी

कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले रणनीति परिवर्तन गरेका छन् । स्रोतकाअनुसार उनले गठबन्धनबाटै मन्त्री नियुक्त गर्ने रणनीति लिएका छन् ।

नेपालभ्युज

मुख्यमन्त्री कार्कीले गरे रणनीति परिवर्तन- गठबन्धनबाटै मन्त्री नियुक्त गर्ने तयारी

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले रणनीति परिवर्तन गरेका छन् । स्रोतकाअनुसार उनले गठबन्धनबाटै मन्त्री नियुक्त गर्ने रणनीति लिएका छन् ।

उनको दल नेपाली कांग्रेसले गठबन्धनबाटै मन्त्री नियुक्त गर्न निर्देशन दिएको थियो । त्यसपछि उनी गठबन्धनसम्बद्ध दलहरूको बैठकमा पनि सहभागी भएका थिए । बैठकमा गठबन्धनसम्बद्ध दलका नेताहरूले गठबन्धनबाटै मन्त्री नियुक्त गर्न सुझाव दिएका थिए ।

साथै उनीहरूले नेकपा (एमाले) बाट बिनाविभागीय मन्त्री बनेका रामबहादुर राना मगरलाई निलम्बन गर्नसमेत सुझाव दिएका थिए । तर, मुख्यमन्त्री कार्कीले एमाले आफैँ बाहिरिने भएकाले निलम्बन गर्न नपर्ने ‘ब्रिफिङ्ग’ गरेको बैठकमा सहभागी एक नेताले बताए ।

संविधानको धारा १६८ को ५ बमोजिम मुख्यमन्त्री बनेका कांग्रेस इतर समूहका कार्की आफूलाई विश्वासको मत दिने सबै दलहरूलाई लिएर सरकार विस्तार गर्न चाहन्थे । तर, त्यसमा एमालेले मानेको छैन । एमालेले अडान नछाड्दा उनलाई अप्ठ्यारो भएको छ । एमालेले केन्द्रीय गठबन्धनलाई जस्ताको त्यस्तै सरकारमा ल्याउँदा आफू सरकारमा नरहने बताएको छ ।

यसअघि पनि मुख्यमन्त्री कार्कीले कोशी एमालेका संसदीय दलका नेता हिक्मत कार्कीसँग संवाद गरेका थिए । उक्त संवादका क्रममा पनि हिक्मत कार्कीले त्यही अडान दोहोर्‍याएपछि मुख्यमन्त्री कार्की गठबन्धनबाटै सरकार विस्तार गर्ने निष्कर्षमा पुगेको उनीनिकट नेताहरूले बताएका छन् ।

उनीनिकट एक नेताले भने— सबैलाई मिलाएर लाने भनेरै यत्तिका दिनसम्म भुल्नुभयो उहाँ । अबचाहिँ गठबन्धनबाटै मन्त्री नियुक्त गरेर अगाडि बढ्नेमा उहाँ पुग्नुभएको हो । सम्भवत: आज साँझ वा भोलि दिउँसोसम्म मन्त्री नियुक्त हुन्छन् ।

स्रोतले बताएअनुसार मुख्यमन्त्री कार्कीले आज वा भोलि दिउँसोसम्म नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) बाट एक/एकजना मन्त्री थप्ने तयारी गरेका छन् । त्यसमा क्रमश: गणेश उप्रेती र कमल जबेगु हुन सक्नेछन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved