बाल्यकालीन दशैं अनुभूति : एकसरो नयाँ लुगा फेर्न र मासु पाक्न दशैं नै कुर्नुपर्थ्यो

दशैं आउनुअघि नै गाउँको रुपरंग फेरिन्थ्यो । दुई–तीन महिनाअघि नै हामी नाटकको तयारी गर्थ्यौँ , जुन नवमीको दिन मञ्चन हुन्थ्यो । त्यसबेला खसीको मासु खान दशैं नै आउनुपर्थ्यो ।

बाल्यकालीन दशैं अनुभूति : एकसरो नयाँ लुगा फेर्न र मासु पाक्न दशैं नै कुर्नुपर्थ्यो

काठमाडौं । दशैं आउने दिनलाई क्यालेन्डरमा चिन्ह लगाएर औँला भाँच्दै दिनगन्ती सुरु हुन्थ्यो । हुन त मेरो घर काठमाडौं नजिक, दहचोकमा हो । तर गाउँकै जस्तो वातावरण भएकाले हामीले मनाउने दशैं पनि ग्रामीण शैलीको हुन्थ्यो । गाउँको दशैं वास्तवमै सम्झनलायक हुन्छ।

पहिला एकसरो नयाँ लुगा फेर्न, भान्सामा मासुभात पाक्न दशैं नै कुर्नुपर्ने अवस्था थियो । दशैंको तिथि नजिकिएसँगै गाउँघरको रौनक फेरिन्थ्यो ।

घरआँगन सरसफाइ गर्ने, रंगरोगन गर्ने, लिङ्गे पिङ हाल्ने जस्ता काम सुरु हुन्थ्यो । बाल्यकालमा अधैर्यसाथ दशैंको पर्खाइ हुन्थ्यो ।

दशैं आउनुअघि नै गाउँको रुपरंग फेरिन्थ्यो । दुई–तीन महिनाअघि नै हामी नाटकको तयारी गर्थ्यौँ , जुन नवमीको दिन मञ्चन हुन्थ्यो । त्यसबेला खसीको मासु खान दशैं नै आउनुपर्थ्यो । अहिलेको जस्तो बच्चाहरूलाई सपिङ गराइँदैनथ्यो ।

दशैंमा नयाँ लुगा त पाइन्थ्यो, तर विद्यालयकै ड्रेस हुने गरी । त्यही लुगा लगाएर मामाघर गइन्थ्यो । मामाघरमा टीका लगाएर पाएको दक्षिणा चार–पाँच पटक गनिन्थ्यो । खल्तीमा पैसा छामेको छामेकै गरिन्थ्यो।

सम्झनामा दशैँ : त्यसरी मनाइन्थ्यो दशैँ र पो माने झैँ हुन्थ्यो !

मामाघरमा दशैं मनाउनु बढी आनन्द आउने । किनभने त्यहाँ बढी माया ममता पाइने, सबैले पुलपुल्याउने । साथै होमवर्क पनि गर्न नपर्ने । घरमा भएको बेला त होमवर्कको भारीले थिचिरहने ।

जसको घरमा गए पनि मीठो मसिनो खान पाइने, सबैले माया गर्ने, विद्यालय जान नपर्ने, कामै नगरी टीका थापेर पैसा पाइने, नयाँ लुगा लगाउन पाइने । बाल्यकालको बेला दशैं गज्जब लाग्थ्यो। अहिले दशैं २०८० को माहौल छ। सर्वसाधारणदेखि हामी कलाकारसम्म दशैंको माहौलमा छौँ । तर, पहिलेजस्तो रौनक लाग्दैन।
बाल्यकालीन दशैं अनुभव : पहिले खसी किन्न कर गर्थेँ, अहिले त भेज भएकी छु


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved