वेस्ट इन्डिज ‘ए’ ले नेपाललाई दियो २२८ रनको विशाल लक्ष्य

नेपालभ्युज

वेस्ट इन्डिज ‘ए’ ले नेपाललाई दियो २२८ रनको विशाल लक्ष्य

काठमाडौं। टी–२० क्रिकेट सिरिजको तेस्रो खेलमा वेस्ट इन्डिज ‘ए’ ले नेपाललाई २२८ रनको विशाल लक्ष्य दिएको छ।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको वेस्ट इन्डिज ‘ए’ ले पूरै ओभर खेलेर ३ विकेट क्षतिमा २२७ रन बनाएको हो।

वेस्ट इन्डिज ‘ए’ का लागि जोनसन चार्ल्सले शतकीय पारी खेले। उनले अविजित ११९ रन बनाउने क्रममा १३ चौका र ७ छक्का प्रहार गरे। आन्द्रे फ्लेचरले ५३ रनको योगदान गरे।

नेपालका लागि सागर ढकाल र करण केसीले १–१ विकेट लिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved