सवारी साधनको पछाडि किन दौडिन्छ्न् कुकुर ? त्यस्तो बेला के गर्ने ?

नेपालभ्युज

सवारी साधनको पछाडि किन दौडिन्छ्न् कुकुर ? त्यस्तो बेला के गर्ने ?

एजेन्सी । कार, मोटरसाइकल तथा स्कुटी चलाइरहेको समयमा कहिलेकाँही तपाईंको पछाडि पनि कुकुर दौडिएका होलान् ।

यदि तपाईंको पछाडि नदौडे पनि अरु कसैको पछाडि कुकुर दौडिएको त देख्नुभएको होला । पछाडि दौडिएको बेला कुकुरहरु आक्रामक भएर भुक्ने गर्छन् ।

कुकुरलाई एकदमै बफादार तथा मानिससँग नजिक रहने जनावरको रुपमा चिनिन्छ । तर, कतिपय अवस्थामा एकदमै ठूलो दुश्मन जसरी कुकुर सवारी साधनको पछाडि किन दौडन्छन् ? यसको पछाडि वैज्ञानिक कारण छ ।

कुकुर कुनै पनि गाडी वा मोटरसाइकलको पछाडि दौडिनुको मुख्य कारण उक्त गाडीको टायर वा चक्का जिम्मेवार हुन्छ । कुकुर गाडीको टायरबाट आउने अन्य कुकुरको गन्धका कारणले आक्रामक हुने गर्छन् ।

कुकुरले आफ्नो क्षेत्र छुट्याउने गरेका हुन्छन् । यसैका लागि उनीहरुले पिसाब गरेर सिमा कोर्ने गर्छन् । गाडी तथा मोटरसाइकलका टायरहरुमा पनि कुकुरले पिसाब फेर्ने गर्छन् ।

कुकुरको सुँघ्ने क्षमता एकदमै धेरै हुन्छ । एक ठाउँबाट अर्को क्षेत्रमा पुग्ने सवारी साधनबाट निस्कने गन्धले कुकुरहरु आक्रमक हुन्छन् । उनीहरुलाई अर्को क्षेत्रबाट कुकुर आएको आभास हुन्छ । सोही गन्धका कारण वाहनको पछाडि दौडने गर्छन् ।

कतिपय अवस्थामा कुकुर त्यतिकै गाडीका पछाडि पनि दौडने गर्छन् जसले उनीहरुका साथीलाई चोटपटक लागेको हुन सक्छ । यस्तै सवारी साधनको ठूलो आवाजबाट तर्सिएर पनि उनीहरुले आफ्नो रक्षाका लागि लखेट्ने गर्छन् ।

यस्तो बेला के गर्ने ? 

कुकुरले लखेटेको बेला सवारी साधन दौडाउनु हुँदैन । जति दौडायो त्यति नै लखेट्ने कुकुरको स्वभाव हुन्छ ।  त्यसैले कुकुरले लखेटेका बेला भाग्नुको सट्टा सवारी साधनको स्पीड घटाउनु पर्छ ।

आफ्नो साधन रोक्यो भने कुकुरहरु आफैँ त्यहाँबाट फर्किन्छन् । सवारी रोक्दा उनीहरुलाई दुश्मन नआएको भान हुन्छ र फर्कन्छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved