नेपालविरुद्ध वेस्ट इन्डिज ‘ए’ को उत्कृष्ट ब्याटिङ, जोनसन चार्ल्सले बनाए शतक

नेपालभ्युज

नेपालविरुद्ध वेस्ट इन्डिज ‘ए’ को उत्कृष्ट ब्याटिङ, जोनसन चार्ल्सले बनाए शतक

काठमाडौं। वेस्ट इन्डिज ए का ब्याट्सम्यान जोनसन चार्ल्सले नेपालविरुद्ध शतक प्रहार गरेका छन्।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी खेलमा चार्ल्सले ५५ बलमा शतक पूरा गरेका हुन्।

सो क्रममा उनले ११ चौका र ६ छक्का प्रहार गरे । टस जितेर पहिले ब्याटिङ गरेको वेस्ट इन्डिजले उत्कृष्ट ब्याटिङ गरेको छ ।

उसले १८ ओभरमै २०० रन कटाइसकेको छ । नेपालको कप्तानी आज दीपेन्द्रसिंह ऐरीले गरिरहेका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved