हामीले कोशीमा राजनीतिक निकास दिएका हौं, कांग्रेसले चित्त दुखाउनु पर्दैन : हिक्मत कार्की

कोशीका पूर्वमुख्यमन्त्री एवम् नेकपा एमाले संसदीय दलका नेता हिक्मत कार्कीले गठबन्धन फुटाउनभन्दा पनि राजनीतिक निकास दिनका लागि मुख्यमन्त्रीमा केदार कार्कीलाई समर्थन गरेको बताएका छन् ।

नेपालभ्युज

हामीले कोशीमा राजनीतिक निकास दिएका हौं, कांग्रेसले चित्त दुखाउनु पर्दैन : हिक्मत कार्की

काठमाडौं । कोशीका पूर्वमुख्यमन्त्री एवम् नेकपा एमाले संसदीय दलका नेता हिक्मत कार्कीले गठबन्धन फुटाउनभन्दा पनि राजनीतिक निकास दिनका लागि मुख्यमन्त्रीमा केदार कार्कीलाई समर्थन गरेको बताएका छन् ।

‘हामीलाई गठबन्धन फुटाउनु छैन । हाम्रो उद्देश्य त्यो पनि होइन । उहाँहरुले नै बहुमत पुर्याएर सरकार बनाएको भए हामी प्रतिपक्षमा बस्न तयार भएकै हो’, कार्कीले भने, ‘हामीले निकास दिन खोजेका हौं । मध्यावधि चुनावमा जाने बाटो रोक्न खोजेका हौं । यसमा कांग्रेसले पनि चित्त दुखाउनु पर्दैन ।’

बुधबार नवनियुक्त मुख्यमन्त्री केदार कार्कीले मागेको विश्वासको मतमाथि प्रदेशसभाको छलफलमा भाग लिँदै कार्कीले एमाले र कांग्रेस मिल्ने हो भने प्रदेशदेखि केन्द्रसम्मै राजनीतिक स्थिरता हुने तर्क गरे ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved