पार्टी खोलेर चुनाव लड्न ज्ञानेन्द्र शाहलाई माधव नेपालको चुनौती

नेपालभ्युज

पार्टी खोलेर चुनाव लड्न ज्ञानेन्द्र शाहलाई माधव नेपालको चुनौती

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले पूर्वराजा ज्ञानेन्द्र शाहलाई पार्टी खोलेर चुनाव लड्न चुनौती दिएका छन् ।

बुधवार भक्तपुरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो चुनौती दिएका हुन् ।

आफू त्याग, तपस्या र बलिदान गरेको व्यक्ति भएको दाबी गर्दै उनले पूर्वराजा शाहलाई जनताको साथ भएको पुष्टि गर्न चुनाव लडेर देखाउन चुनौती दिएका हुन् ।

उनले प्रतिगमनको दिशामा देशलाई लैजान खोज्न कुनै कार्य स्वीकार्य नहुने पनि बताए ।

अध्यक्ष नेपालले अहिले गठबन्धन भत्काउनका लागि भएको कोसिस सफल नहुने दाबी गरे ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved