लेक लागेर बिरामी परेका तीनको हेलिकप्टरमार्फत उद्धार

नेपालभ्युज

लेक लागेर बिरामी परेका तीनको हेलिकप्टरमार्फत उद्धार
सांकेतिक तस्वीर

गोरखा । उत्तरी गोरखाको साम्दोमा लेक लागेर बिरामी परेका तीनको आज हेलिकप्टरमार्फत उद्धार गरिएको छ । चुमनुव्री गाउँपालिका–१ साम्दोबाट लेक लागेर बिरामी परेका गोरखाको सिरानचोक गाउँपालिका–३ हर्मीका वसन्त घिमिरे, चितवनको भरतपुरका कपिल घिमिरे र सुवोध अर्यालको हेलिकप्टरमार्फत उद्धार गरिएको गोरखाका प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुसालले जानकारी दिए।

बिरामीलाई एयर डाइनेष्टिको हेलिकप्टरमार्फत साम्दोबाट उद्धार गरी काठमाडौं  पुर्‍याइएको उनले बताए । लार्केपासका लागि गएका तीनै जनालाई साम्दोमा पुगेपछि लेक लागेको थियो । उद्धारका लागि हेलिकप्टर पुगेलगत्तै हिउँ परेपछि केहीसमय हेलिकप्टर उड्न समस्या परेको थियो ।

गोरखाको अन्तिम गाउँ साम्दो समुन्द्री सतहबाट करिब तीन हजार आठ सय मिटर उचाइमा पर्दछ । उनीहरु बिरामी परेको जानकारी आएपछि जिल्ला प्रशासन कार्यालय गोरखाले गृह मन्त्रालयसँग आवश्यक समन्वय गरेर हेलिकप्टरमार्फत उद्धार गरिएको हो । बिरामीको उद्धारका लागि गोरखा क्षेत्र नम्बर १ का प्रतिनिधिसभाका सांसद राजेन्द्र बजगाइँ त्यहाँ पुगेका थिए । रासस


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved