सम्भव सिरोहियासँगको प्रेमलाई स्विकार्दै श्रृंखला खतिवडाले भनिन्- हामी ‘होपलेस-रोमान्टिक’

नेपालभ्युज

सम्भव सिरोहियासँगको प्रेमलाई स्विकार्दै श्रृंखला खतिवडाले भनिन्- हामी ‘होपलेस-रोमान्टिक’

काठमाडौं । पूर्वमिस नेपाल श्रृंखला खतिवडाले संचार उद्यमी सम्भव सिरोहियासँगको प्रेमलाई सार्वजनिकरुपमा स्वीकार गरेकी छन् । इन्स्टाग्राममा आइतबार बेलुका सम्भवसँगको रोमान्टिक तस्वीर सेयर गर्दै उनले  प्रेम सम्बन्धलाई सार्वजनिक गरेकी हुन् ।

‘नमस्ते, हामी सम्भव र श्रृंखला हौं । हाम्रो बीचको नाम होपलेस-रोमान्टिक हो । हामी दुबै अन्तर्मुखी व्यक्तिलाई आफ्नो प्रेम सार्वजनिक गर्न ठूलै साहस उठाउनुपरेको छ । तर, यो हामीले भन्नैपर्ने समय हो, आफूहरु प्रेममा रहेको जानकारी दिँदै श्रृंखलाले लेखेकी छन् ।’

उनले लेखेकि छन्, ‘म मेरो भर्चुअल परिवारसँग हाम्रो प्रेम सम्बन्ध सार्वजनिक गर्न पाउँदा म खुशि छु, गतवर्ष यस्तो गर्न निकै मुस्किल भएको थियो ।’

उनी थप लेख्छिन्, ‘म मेरो जीवनभर एक आशाहीन रोमान्टिक (होपलेस-रोमान्टिक) रहेकी छु। मसँग मेरो व्यक्तिगत डायरीमा ‘प्रेम के हो’ भन्ने जवाफ दिन प्रयास गर्ने कम्तिमा २० फरक खाताहरू छन्; जबदेखि म ११ वर्षको उमेरमा थिएँ। तपाईंलाई नभेटेसम्म मैले यसको अर्थ फेला पारेको थिइनँ जस्तो लाग्छ।’

 

View this post on Instagram

 

A post shared by Shrinkhala Khatiwada (@shrinkhala_)


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved