आस्था राउतको नयाँ गीत ‘लै बरि लै’, भिडिओमा नाच्ने पनि उनी नै (भिडिओ)

नेपालभ्युज

आस्था राउतको नयाँ गीत ‘लै बरि लै’, भिडिओमा नाच्ने पनि उनी नै (भिडिओ)

काठमाडौं। लोकप्रिय गायिका आस्था राउतको नयाँ गीत ‘लै बरि लै’ सार्वजनिक भएको छ। आस्थाले आफैँ मोडलिङ गरेकी गीत घटस्थापनाको साइत पारेर सार्वजनिक भएको हो।

त्यसपछि दर्जनौँ हिट गीतमा स्वर दिएकी आस्थाको नयाँ गीत डान्सिङ शैलीको छ।

सावित्री राउतको शब्दमा सुरेश अधिकारीले संगीत भरेको गीत रमाइलो किसिमको छ। किरण थापाले निर्देशन गरेको भिडिओमा राज कटुवाल, मिहाङ, प्रवेश र उपासना शाक्य, कृतिका बराल, कन्चन श्रेष्ठ, रिया सुन्दास आदिको पनि उपस्थिति देखिन्छ।

यसअघिका गीतका भिडिओमा लिपसिङमा मात्र देखिने गरेकी आस्थाले यो गीतमा भने आफैँ मज्जाले नाचेकी छिन्। यस भिडिओबाट उनी गीत गाउन र नाँच्न बराबरी गर्न सक्ने परफर्मर रहेको देखिन्छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved