पहिलो महिला रेस्लर भगवती खड्काले ल्याइन् दशैँ माहौल बनाउने गीत ‘आयो दशैँ आयो तिहार’

नेपालभ्युज

पहिलो महिला रेस्लर भगवती खड्काले ल्याइन् दशैँ माहौल बनाउने गीत ‘आयो दशैँ आयो तिहार’

काठमाडौं। मङ्गल धुन (मालश्री धुन)ले दशैँ आगमनको सङ्केत गर्छ । गीतसङ्गीतले हरेक चाडपर्व वा कार्यक्रममा छुट्टै रौनक थप्छ । गीतहरूले दशैँको महत्त्वको बखानसँगै दशैँमा आउने याद, सिर्जना गर्ने अवस्था र माहौलको कुरा बताउँछन् ।

यस्तै दशैंको माहौल बनाउने नयाँ गीत ल्याएकी छिन्, पहिलो महिला रेस्लर भगवती खड्का युनिकाले । ‘आयो दशैँ आयो तिहार’ बोलको गीत निक्कै रमाइलो लयमा बनाइएको छ। गीतमा भगवती खड्का युनिकालाई गायक रूपक डोटेलले साथ दिएका छन्।

गीतमा संगीत प्रमोद पन्तको छ भने शब्द देबदक्त भट्टको छ। गीतको एरेन्ज सञ्जय हमालको छ।

यो गीतको भिडिओले दशैँको वातावरण चित्रण गरिएको छ । भिडिओमा अभिनेत्री गायिका भगवती खड्का युनिका आफैँ देखिएकी छिन्। साथै दिक्पाल कार्की, करुणा श्रेष्ठ र उज्ज्वल श्रेष्ठ ‘फिचर्ड’ छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved