शाहरुख खानलाई ज्यान मार्ने धम्की, दिइयो ‘वाई प्लस’ सुरक्षा

नेपालभ्युज

शाहरुख खानलाई ज्यान मार्ने धम्की, दिइयो ‘वाई प्लस’ सुरक्षा

मुम्बई। बलिउड अभिनेता शाहरुख खानलाई ज्यान मार्ने धम्की आएको छ । भारतीय सञ्चारमाध्यमका अनुसार खानको चलचित्र ‘पठान’ र ‘जवान’ को सफलताबाट असन्तुष्ट केही व्यक्तिले ज्यान मार्ने धम्की दिएको मुम्बई प्रहरीलाई सूचना प्राप्त भएको हो ।

‘द टाइम्स अफ इन्डिया’का अनुसार ज्यान मार्ने धम्कीपछि अभिनेता खानलाई मुम्बई प्रहरीले ‘वाई प्लस’ सुरक्षा प्रदान गर्ने भएको छ । यसअघि लरेन्स विस्नोईको गिरोहले धम्की दिएपछि सलमान खानलाई वाई प्लस सेक्युरिटी दिइएको थियो ।

केही मिडिया रिपोर्टहरूमा खान आफैँले यसबारे उजुरी गरेका थिए, त्यसपछि उनको सुरक्षा बढाउने निर्णय गरिएको उल्लेख छ । वाई प्लस सुरक्षामा ६ जना व्यक्तिगत सुरक्षा अफिसरका साथै ५ प्रहरी हतियारसहित २४ सै घण्टा खानको साथ रहनेछन् । अहिलेसम्म खानको सुरक्षामा मुम्बई प्रहरीका दुई कन्सटेबल हरेक समय उनको साथमा रहन्थे ।

भारतीय मिडिया दैनिक भास्करले भने खानका व्यक्तिगत सुरक्षा म्यानेजरलाई उद्धृत गर्दै वाई प्लस सेक्युरिटीको बारेमा कुनै सूचना प्राप्त नभएको बताएको छ ।

यस वर्षको सुरुवातमा हिन्दूवादीहरूले चलचित्र ‘पठान’मा भगवान् रंगको अपमान गरेको आरोप लगाएका थिए ।

यसबाहेक आमिर खान, अमिताभ बच्चन, अक्षय कुमार र अनुपम खेरले एक्स सुरक्षा पाउने गरेका छन् जसमा उनीहरूलाई ३ जना व्यक्तिगत सुरक्षाकर्मी प्रदान गरिन्छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved