समयमै कानून नबन्दा संघीयता कार्यान्वयनमा समस्या भयो : कार्यवाहक प्रधानमन्त्री

नेपालभ्युज

समयमै कानून नबन्दा संघीयता कार्यान्वयनमा समस्या भयो : कार्यवाहक प्रधानमन्त्री

कर्णाली । कार्यवाहक प्रधानमन्त्री एवम् रक्षामन्त्री पूर्णबहादुर खड्काले कानून बन्न ढिला हुँदा संघीयता कार्यान्वयनमा समस्या भइरहेको बताएका छन् ।

वीरेन्द्रनगरमा आयोजित पत्रकार सम्मेलनमा उनले सरकार संघीयता कार्यान्वयनमा प्रतिबद्ध भए पनि कानून नबन्दा समस्या भएको बताएका हुन् ।

उनले संघीय शिक्षा ऐन संसदमा टेबुल भइसकेको उल्लेख गर्दै सम्बन्धित मन्त्रालयले निजामति र प्रहरीसम्बन्धी विधेयक संसदमा दर्ता गर्ने तयारी गरिरहेको पनि बताए ।

कार्यवाहक प्रधानमन्त्री खड्काले सुशासन, विकास निर्माण र देशको समृद्धिका लागि सरकारले देखिने गरी काम गरिरहेको बताए ।

उनले केही दिनभित्रै सुशासनसम्बन्धी नयाँ कार्यक्रम घोषणा गर्न लागिएको पनि जानकारी दिए ।

उनले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सत्तागठन्धन दलको सहमतिमै चीन भ्रमणका क्रममा बेल्ट एन्ड रोड इनिसिएटिभ बीआरआई कार्यान्वयनका लागि सहमति जनाएको बताए ।

रक्षामन्त्री खड्काले सुर्खेत विमानस्थल विस्तारमा सबैको साथ र सहयोग आवश्यक रहेको पनि बताए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved