तीज समीक्षा : ओझेलमा मौलिक भाका, हावी भयो ‘अरेली काँडा’

यसपालिको तीजमा विष्णु माझीको गीतले पनि दर्शक स्रोतालाई रिझाउन नसकिरहँदा दुवै हात हल्लाएर, कम्मर अलिकति बङ्गाएर, खुट्टा उचाल्दै खुमेको भिडिओ खुबै देखियो। गीत हो, ‘अरेली काँडैले मलाई च्वास्स, च्वास्स…..।’

नेपालभ्युज

तीज समीक्षा : ओझेलमा मौलिक भाका, हावी भयो ‘अरेली काँडा’

काठमाडौं। मलमासले धकेलिएर असोजसम्म पुगेको तीज बुधबारबाट सकिएको छ। ढिलो आएको तीजलाई विषेशगरी अनेक विषय र बान्कीका गीतले पर्वमय माहोल बनायो।

भाद्र शुक्ल पञ्चमीका दिनमा मनाइने ऋषि पञ्चमी बुधबार नेपाली नारीहरूले अरुन्धतीसहित सप्त ऋषिको विधिपूर्वक पूजा आराधना गरी मनाएलगतै सकिएको छ।

तीज सकिए पनि तीजलक्षित आएका गीतहरू बज्ने क्रम जारी नै छ। गीतका विषयमा सामाजिक सञ्जालमा चर्चामा सकिएका छैनन्। तीजका गीतहरू छिटो आएका र तीज ढिलो आएकाले पनि यसपटक तीजका गीतहरू धेरै समय बज्न पाए।

तीज गीतले युट्युबमा प्रवेश पाएको असारदेखि नै हो। तैपनि, भदौमा मात्रै खुबै भ्युज पाए। तीनै युट्युबमा छाएका तीज गीतले तीज पर्व आएको आभाष दिलाएन मात्रै, चेलीहरूलाई मज्जाले नचायो पनि।

अरेली काँडामय तीज

तीज नजिकिँदै गर्दा केही साताअघिसम्म एउटा भनाइ चल्तीमा थियो–‘विष्णु माझीको गीत नआउँदासम्म तीज आएको जस्तै लाग्दैन।’’ २०७८ मा उनको गीत ‘चरी जेलैमा’ ब्लकबस्टर मात्र बनेन, उनको वास्तविक जीवनसँग मेल खाएको बताइयो।

उनका श्रीमान् सुन्दरमणि अधिकारीले प्रहरीकहाँ पुगेर पत्नी तथा गायिका माझीको अवस्थाबारे स्पष्टीकरण दिनुपरेको थियो। २०७९ मा पनि सुन्दरम्मणिकै सङ्गीत र भिडियो निर्देशनमा विष्णु माझीले उक्त ब्लकबस्टर गीत ‘चरी जेलैमा’को दोस्रो सिक्वेल ल्याएकी थिइन्।

यस वर्ष तीजका गीतहरू मध्य असारबाटै आउन थालेका थिए। तीजलक्षित भन्दै आएका अधिकांश गीतले दर्शक स्रोतालाई राम्रो सन्तुष्टि दिन सकेको थिएन।

‘सोचेझैँ जिन्दगी रैनछ’ भन्दै छमछमी नाचे वामदेव (भिडिओ)

प्राय: कुनै पनि गतिले राम्रो चर्चा नपाउँदा स्रोता–दर्शकहरू विष्णु माझीको गीतको प्रतीक्षामा थिए। विष्णु माझीले अलि ढिला गरेर तीज सुरु हुन करिब एक साताअघि मात्रै ‘पुतलीको भट्टी’ भाग १९ का रूपमा ‘बलमा…’ गीत ल्याइन्। यद्यपि, गीतले प्रतीक्षामा रहेका स्रोता–दर्शकलाई विगतको तुलनामा सन्तुष्टि दिन सकेन।

यसपालिको तीजमा विष्णु माझीको गीतले पनि दर्शक स्रोतालाई रिझाउन नसकिरहँदा दुवै हात हल्लाएर, कम्मर अलिकति बङ्गाएर, खुट्टा उचाल्दै खुमेको भिडिओ खुबै देखियो। त्यो गीत थियो, ‘अरेली काँडैले मलाई च्वास्स, च्वास्स…..।’

यसपटकको तीजको माहोल बनाउने काम भने शान्ति श्री परियारले तीज विशेष भनेर सार्वजनिक गरेको सोही गीतले गर्‍यो। ‘अरेली काँडैले मलाई च्वास्स, च्वास्स…..’ले तीज आएको महसुस गरायो। युट्युबमा दुई साताअघि सार्वजनिक सो गीतमा प्रकाश सपूत र अञ्जली अधिकारीको नृत्य छ।

यस वर्ष सार्वजनिक भएका करिब २ सय गीतमा केही सीमित तीज विशेष गीतहरूले मात्रै चर्चा पाए। तीज सकिँदा बुधबारसम्म करोड क्लब पार गर्ने गीतहरू दुईवटा मात्र पुगे। पहिलो उही गति ‘अरेली काँडैले…’ र दोस्रो खेम सेन्चुरी र सुनीता बुढा क्षेत्रीको स्वर रहेको ‘कमाउने नि हो, रमाउने नि हो’।

यी दुवै गीत एकै व्यक्तिले सिर्जना गरेका हुन्। ती भाग्यमानी सर्जक हुन् नेत्र अर्याल। ‘कमाउने नि हो, रमाउने नि हो’ले गीतले सबैभन्दा बढी १६ मिलियन अर्थात्, एक करोड ६० लाख बढी भ्युज पाएको छ। २७ असारमा सार्वजनिक सो गीत पनि टिकटकलगायत सबैतिर हिट छ।

तर, यसपालिको तीजमा तुलनात्मक रूपमा ‘अरेली काँडैले…’ नै बढी चल्यो। गाउँ शहरदेखि सामाजिक सञ्जालसम्म यसकै चर्चा रह्यो।

विष्णु माझीको ‘बलमा’ गीत ‘चरी जेलैमा’ जत्तिको दमदार नभएको प्रतिक्रिया, बन्ला त ‘ब्लकबस्टर’  ?

युट्युबदेखि १ करोड ५० लाखभन्दा बढी पटक हेरिएको सो गीतमा टिकटकमा त्योभन्दा बढीपटक हेरिएको छ। सयौँले टिकटक एकाउन्टमा राखेको सो गीतमा लाखौँ जनाले भिडिओ बनाएका भेटिन्छन्।

दुवै हात हल्लाएर, कम्मर अलिकति बङ्गाएर, खुट्टा उचाल्दै खुमेको भिडिओ आजकाल टिकटकमा खुबै देखिन्छन्।

गीतका रचनाकार नेत्र अर्याल ‘अरेली काँडैले…’ चल्नेमा आफू पहिल्यैदेखि ढुक्क रहेको बताउँछन्। उनी भन्छन्, ‘‘यो गीत मज्जैले चल्छ भन्ने नै थियो। चल्नेमध्येको एउटा भनेर बसेको थिएँ’’ उनले भने। २०७७ को तीजमा मधु क्षेत्री र खेम सेन्चुरीको ‘सोचेझैँ जिन्दगी रैनछ’ सर्वाधिक चर्चामा थियो। त्यो पनि नेत्रकै शब्द थियो।

ओझेलमा मौलिक भाका

कुनै एक समय थियो, हरितालिका तीज नजिकिँदै गर्दा ‘तीजको रहर आयो बरिलै’ बोलको गीत सबैतिर गुञ्जिन्थ्यो। जुन गीत रेडियोबाट बजेपछि गाउँ-घरमा तीज नजिकिएको महशुस गर्थे, दिदी–बहिनीहरूले। त्यो गीत र चेलीहरूका दु:ख समेटिएका गीतहरू खुब चल्थे।

तीज गीतहरू चेलीका दु:ख पीडा समेटिएका हुन्थे। चेतना जागृत गर्ने र समसामयिक विषयवस्तुमा केन्द्रित हुन्थे। तीज गीतको सौन्दर्य भनेकै महिलाले वर्षभरिका दुःख, पीरवेदना र चोट सार्वजनिक गर्ने माध्यम हो।

‘तीजको रहर आयो बरिलै’ : जसलाई आजसम्म कुनै पनि तीज गीतले उछिन्न सकेनन्

पहिला-पहिला सोही माध्यमको रूपमा गीतलाई प्रयोग गरिन्थ्यो। तर, आधुनिकतासँगै अहिलेका गीतमा भने माया प्रेमको मुद्दामा केन्द्रित छन्। यस वर्ष पनि तीजभर ‘अरेली काँडैले’ लगायत यस्तै भाकाहरू चल्यो।

यस वर्ष सार्वजनिक भएका करिब २ सय गीतमा केही सीमित तीज विशेष गीतहरूले मात्रै चर्चा पाए।

‘मलाई एउटा सिफारिस बनाइदेऊ मेयरसाप, यसको ब्याइफ्रेन्ड छैन भनेर’


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved