विष्णु माझीको ‘बलमा’ गीत ‘चरी जेलैमा’ जत्तिको दमदार नभएको प्रतिक्रिया, बन्ला त ‘ब्लकबस्टर’ ?

फ्यानहरू विष्णु माझीको गीतको अधैर्य पर्खाइमा थिए। तीजको कोसेली सार्वजनिक गर्दै विष्णु माफीले आफ्नो गीतको प्रतीक्षामा रहेका स्रोता–दर्शकहरू खुसी त तुल्याइन्। तर, भरपुर सन्तुष्ट भने दिन नसकेको गुनासो सामाजिक सञ्जालमा प्रकट भएको छ।

नेपालभ्युज

विष्णु माझीको ‘बलमा’ गीत ‘चरी जेलैमा’ जत्तिको दमदार नभएको प्रतिक्रिया, बन्ला त ‘ब्लकबस्टर’ ?

काठमाडौं। ‘जय शंकर, जय शंकर, जय शंकर। जय शम्भो, जय शम्भो, जय शम्भो।

बुट्टे चोली धोइछु छुन्न नभन, माइती जान्छु राजै हुन्न नभन। आहै मेरो बलमा…

मिठो मिठो गर्थ्यौ बात मायालु, क्यारी काटौला र रात मायालु। आहै मेरो बलमा…

यो गीत लोकप्रिय गायिका विष्णु माझीको यसपालि (२०८०)को तीज गीत हो। उनको ‘नयाँ गीत नआए तीज नै खल्लो’ लाग्ने धेरैलै बताउने गरेका छन्।

लालुमै, बोकेझार, छिपछिपे पानीमा लेउ, चरी जेलैमा जस्ता उनका गीतलाई युट्युबमा करोडभन्दा बढीपटक हेरिएको छ। तीजमा सर्वाधिक भाग ल्याउने गायिका मानिन्छन् उनी।

उनले ‘पुतलीको भट्टी’को भाग १९ सम्म ल्याएकी छन्। बुधबार सार्वजनिक ‘बलमा’ गीत पनि सोही श्रृखला अन्तरगतकै हो। २०६१ सालदेखि हरेक वर्ष नियमित रूपमा तीज गीत ल्याउँदै आएकी गायिका विष्णु माझीले यसपटक पनि त्यसलाई निरन्तरता दिएकी हुन्।

एक वर्षपछि गायिका माझीले ‘बलमा’ ल्याएकी हुन्। २०७९ भदौमा आएको ‘चरी जेलैमा भाग २’ पछि उनको पछिल्लो गीत यही हो।  विष्णु माझीको तीज गीत आउला कि नआउला भन्ने चर्चा भइरहँदा उनको ल्याएको नयाँ गीतले  प्रतीक्षारत लाखौँ फ्यान निराश भएका छन्।

फ्यानहरू विष्णु माझीको गीतको अधैर्य पर्खाइमा थिए। तीजको कोसेली सार्वजनिक गर्दै विष्णु माफीले आफ्नो गीतको प्रतीक्षामा रहेका स्रोता–दर्शकहरू खुसी त तुल्याइन्।

तर, भरपुर सन्तुष्ट भने दिन नसकेको गुनासो सामाजिक सञ्जालमा प्रकट भएको छ। अहिलेको बहुप्रतिक्षित गीत गत सालको ‘चरी जेलैमाको तुलनामा कमजोर’ लागेको कतिपयको दर्शक स्रोताको प्रतिक्रिया छ। यद्यपि उनको स्वरको भने सबैले प्रशंसा नै गरेका छन्।

लोकदोहोरीमा सबैभन्दा धेरै हेरिने गीतमा पनि विष्णुले रेकर्ड कायम गरेकी छन्। हरेक सालमा तीजमा गीत ल्याउने विष्णु माझीले यससाल कस्तो गीत ल्याउलिन् भन्ने चासो दर्शक स्रोतालाई थियो। सोही कारण उनको गीतको हरेक स्रोतादर्शकले मूल्याकंन गर्ने गर्छन्।

एक वर्षयता कुनै गीत नगाएकी विष्णु माझीले तीज गीत ल्याउलिन् ? (भिडीओ)

उनको यसपालिको ‘बलमा’ तीज गीतलाई लिएर स्रोता दर्शकहरूको सन्तुष्ट हुन नसकेको युट्युब च्यानलको कमेन्टमा देखिन्छ। कतिपय स्रोता–दर्शकले सामाजिक सञ्जाल फेसबुक, ट्विटरमा स्ट्याटस लेख्दै अपेक्षा गरेअनुसारको गीत नआएको भन्दै गुनासो गरेका छन्।

कतिपयले गीतको मूल शब्द ‘बलमा’ नबुझेको र भिडिओको कथावस्तु नबुझेको भन्दै प्रतिक्रिया लेखिरहेका छन्। कतिपयले असन्तोष जनाए पनि अधिकांशले भने मन परेको प्रतिक्रिया दिएका देखिन्छ। कतिपयले विष्णु माझीको गीत सार्वजनिक भएपछि ‘बल्ल तीज आएको जस्तो भयो’ भन्दै खुसी व्यक्त गरेका छन्।

 

कम भ्युज, मिश्रित प्रतिक्रिया

विष्णु माझी र पति सुन्दरमणिको कम्पनी सपना म्युजिकबाट निकालिएको गीत सोही कम्पनीको युट्युब च्यानलमा राखिएको छ। युट्युब भ्युजको पनि २४ घण्टामा साढे ६ लाख हाराहारीमा मात्र छ। विष्णु माझीको बहुप्रतिक्षित गीतको भ्युज पनि अपेक्षा गरेअनुसारको होइन।

गीतमा विष्णुकै श्रीमान् सुन्दरमणि अधिकारीको शब्द एवं संगीत छ। आशिष् अविरलले गीतलाई एरेन्ज तथा मिक्सिङ गरेका हुन्। भिडियोमा यसपटक बिनु सुवेदी फिचर्ड छिन्। साथमा, सुन्दरमणि अधिकारी पनि प्रस्तुत छन्।

गीतमा मेरो डायरी नामबाट युट्युबमा प्रतिक्रिया छ – ‘सोचेजस्तो राम्रो भएन यसपालि।’

विष्णु माझीले ल्याइन् नयाँ तीज गीत ‘बलमा’ (भिडीओ)

समीर बीके लेख्छन्, ‘गीत खासै मन परेन। कस्तो गीत हो नबुझ्ने। के सन्देश दिएको छ। थाहा नै भएन। स्वर छ भन्दैमा जस्तो भए पनि नगाउनु होला है।’

पुष्पा खड्काको प्रतिक्रिया छ, ‘खासै मन छुने भएन यसपालि।’ शिव भुजेल लेख्छन्, ‘गीत राम्रो छ, तर बलमाको अर्थ बताइदिनुस्।’

रमन पोखरेल लेख्छन् ‘विष्णु माझीको स्वर भएर मात्र सुन्या हो है, स्वर मात्र मन पर्‍यो अरू भन्या त्यस्तै हो ।’

कहिल्यै पुरानो नहुने ‘तीजको रहर आयो बरिलै’

विष्णु माझी गुप्तबासमा, उनको झझल्को मेटाउँदै दुरुस्तै स्वर भएकी सीमा (भिडिओ)


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved