‘तीजको रहर आयो बरिलै’ : जसलाई आजसम्म कुनै पनि तीज गीतले उछिन्न सकेनन्

‘चरि जेलैमा’देखि ‘अरेली काँडैले’सम्मको चर्चा

अधिकांश झुक्किँदै गाउँछन्–‘गाउँ सहर खोलेर दिदी र बहिनी’। तर, गीत सुरु हुन्छ ‘गाऔँ स्वर खोलेर दिदी र बहिनी’बाट । पछिका शब्दमा पनि कन्फ्युजन धेरै छ। धेरैले ‘नाचौँ न मिलेर नाम लिई सैनी’ भन्ने गर्छन्। हुनुपर्ने भने, ‘नाचौँला मिलेर दामली सैनी’ हो।

नेपालभ्युज

‘तीजको रहर आयो बरिलै’ : जसलाई आजसम्म कुनै पनि तीज गीतले उछिन्न सकेनन्

काठमाडौं। जब हरितालिका तीज नजिकिँदै जान्छ तब नेपालको संगीतिक बजारमा तीज गीत सार्वजनिक गर्ने होडबाजी नै चल्छ। तीजमा बर्सेनि सयौँ गीत सार्वजनिक हुन्छन् तर, चल्ने गीत भनेको कमै हुन्छन्।

यसवर्ष पनि तीजका २ सय बढी तीज गीत सार्वजनिक भए। तर, यो तीजको लागि आएको गीतमध्ये सबैभन्दा चलेको गीत हो ‘अरेली काँडैले मलाई च्वास्सै, च्वास्सै।’

शान्ति श्री परियारको स्वरमा सजिएको उक्त गीत युट्युबमा एक करोड ३१ लाख बढी पटक हेरिएको छ। गीत सार्वजनिक भएको महिना दिनमै यसको भ्युज एक करोड नाघेको थियो। विष्णु माझीको ‘बलमा’ गीत पनि चर्चामै छ।

अघिल्लो साल (२०७९)को तीजमा सबैभन्दा चलेको गीत थियो, ‘झमझम झम्काना’। चर्चित लोक तथा दोहोरी गायक भागिरथ चलाउने र गायिका सुनीता बुढा क्षेत्रीको स्वरको गीत चर्चामा थियो। गीत तीजभन्दा महिना दिनअघि रिलिज गरिएको थियो। तीजसम्म युट्युबमा एक करोड ६१ लाख बढीले हेरेका थिए। अहिले त्यो गीतको भ्युज २ करोड ६० लाख पटक हेरिएको छ।

२०७८ मा विष्णु माझीको ‘चरी जेलैमा’ चर्चामा रह्यो। जुन गीतको युट्युब भ्युज झन्डै ५ करोड हाराहारीमा छ। त्यो साल चरी जेलैमा ब्लकबस्टरनै बन्यो। कोरोना महामारी चलिरहँदा २०७७ सालमा ‘सोचेझैँ जिन्दगी रैनछ’ गीतले तहल्का पिटेको थियो। कोरोना भाइरसका कारण घरमै बसेर तीज मनाउनुपर्ने अवस्था थियो।

विष्णु माझीको ‘बलमा’ गीत ‘चरी जेलैमा’ जत्तिको दमदार नभएको प्रतिक्रिया, बन्ला त ‘ब्लकबस्टर’ ?

बर्सेनि सयौँ तीज गीत सार्वजनिक हुने भए पनि एकाध गीत मात्रै मानिसहरूले सम्झने खालको अर्थात् चलेका हुन्छन्। अधिकांश गीत कति आए कति गए पत्तो हुँदैन।

तर, एउटा तीज गीत भने दशकौँदेखि सर्वाधिक गुन्जिँदै आएको छ, जुन गीतमा कम्मर नभाँचेसम्म महिलाहरूलाई धितै मर्दैन। जुन गीत हरेक तीजहरूमा गुन्जने गर्छ। जुन गीतलाई उछिन्ने आजसम्म कुनै तीज गीत नै बनेका छैनन्।

‘गाऔँ स्वर खोलेर दिदी र बहिनी
नाचौँला मिलेर दामली सैनी
तीजको रहर आयो बरी लै
तीजको रहर आयो बरी लै’

गीतमा प्रयोग शब्दहरू ‘दामली’को अर्थ उमेर मिल्ने कोही’ र गण्डक क्षेत्रमा मितिनीलाई सैनी भनिन्छ।’ ‘तीजको रहर’को अर्थ भने माइती जाने, आमा भेट्ने, घरको गुनासो गर्ने, दर खाने आदि रहेको रूपमा अथ्याईएको छ।

विसं २०४८, ४९ तिर निर्माण भएको प्रकाश थापा निर्देशित फिल्म ‘कन्यादान’ मा समावेश ‘तीजको रहर आयो बरिलै’ सदाबहार तीज गीत हो। यो गीतलाई उछिन्ने आजसम्म कुनै तीज गीत नै बनेका छैनन्।

अधिकांश झुक्किँदै गाउँछन् – ‘गाउँ सहर खोलेर दिदी र बहिनी’

तर, गीत सुरु हुन्छ ‘गाऔँ स्वर खोलेर दिदी र बहिनी’बाट । तर, धेरैले ‘गाउँ सहर खोलेर’ देखि ‘गाउँ सहर छोडेर’समेत गाउँदै आएका छन्। सोही शब्द धेरैको मुखमा झुन्डिएको छ।

‘मलाई एउटा सिफारिस बनाइदेऊ मेयरसाप, यसको ब्याइफ्रेन्ड छैन भनेर’

‘गाऔँ स्वर खोलेर दिदी र बहिनी’ पछिका शब्दमा पनि कन्फ्युजन धेरै छ। धेरैले ‘नाचौँ न मिलेर नाम लिई सैनी’ भन्ने गर्छन्। हुनुपर्ने भने, ‘नाचौँला मिलेर दामली सैनी’ हो।

जब यो गीत बज्न थाल्छन्, तब मानिसहरूलाई तीज लागको भान हुन्छ। सो गीतमा महिलाहरू तीन दशकदेखि नाचिरहेका छन्। यो गीत तीजको पर्याय नै बनेको छ। त्यस गीतलाई उछिन्न अन्य गीतहरूले सकेका छैनन्।

यही गीत बजेपछि तीजको रौनक छाएको महसुस हुने गर्छ। तीजको महत्त्व बोकेको यो गीतलाई महिलाहरूको दुःख बिर्साउने गीत समेत भन्ने गरिन्छ।

२०४९\४९ तिर चेतन कार्कीले कन्यादान फिल्मको लागि गीत लेखेका हुन्। उनकाे २०७८ जेठ २ गते निधन भएको थियो। गीतमा दिपा झा, पूर्णिमा श्रेष्ठको स्वर र मनोहरी सिंहको संगीत रहेको छ।

गायिका मधु क्षेत्रीले ल्याइन् तीज गीत‍‍- ‘हेर्दिन ऐना, ढाँटेको छैन’

गौरी मल्ल, वसुन्धरा भुसाल र सुभद्रा अधिकारीको अभिनय रहेको गीतमा श्रीमानको दीर्घायुको कामना गर्दै वर्षौपछि भेट भएका दिदी–बहिनीहरूलाई सबै दुःख–पीडा भुलेर खुसीसाथ नाच्न भनिएको छ। गीतको भिडियोका कोरियोग्राफर वसन्त श्रेष्ठ हुन्।

अहिले युट्युबमा गीतको रिमेक भर्सन मात्रै भिडिओमा हेर्न पाइन्छ। जसमा करिष्मा मानन्धर, वसुन्धरा भुसाललगायतको अभिनय छ।

सन् १९९१ मा यो कन्यादान फिल्ममा यो गीत राख्नुअघि पनि धेरै फिल्ममा तीजका गीत थिए। त्यसपछि, पनि थुप्रै फिल्ममा तीज गीत प्रयोग भए।
तर, ‘तीजको रहर आयो बरिलै’ जत्तिको कालजयी बन्न सकेनन्।

न त भोलिका दिनमा नै यो सम्भावना देखिन्छ। यो गीतका लेखक चेतन कार्कीसँगै कन्यादान फिल्मका निर्देशक प्रकाश थापा र अभिनेत्री सुभद्रा अधिकारीको निधन भइसकेको छ।

एक वर्षयता कुनै गीत नगाएकी विष्णु माझीले तीज गीत ल्याउलिन् ? (भिडीओ)


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

न्यूज अपडेट

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved