गायिका मधु क्षेत्रीले ल्याइन् तीज गीत‍‍- ‘हेर्दिन ऐना, ढाँटेको छैन’

नेपालभ्युज

गायिका मधु क्षेत्रीले ल्याइन् तीज गीत‍‍- ‘हेर्दिन ऐना, ढाँटेको छैन’

काठमाडौं। २०७७ सालको तीज (कोरोना काल)मा सबैभन्दा बढी चलेको गीत थियो, ‘सोचे झैँ जिन्दगी रैनछ।’ धेरै तीज गीत निस्किएका थिए, तर ब्लकबस्टर त्यो गीत मात्र भयो।

गीत सर्वाधिक चर्चामा मात्र रहेन कोरोनाका कारण भएको लकडाउने घरभित्र बस्न बाध्य भएका मानिसहरूको जनजीवनसँग पनि मेल खायो, ‘सोचे झैँ जिन्दगी रैनछ।’

गीतले नसोचेको सफलता पायो। टिकटकमा भिडिओ पनि सोही गीतले नै भरिए। गीतको डान्स स्टेपहरू भाइरल नै भए। गीतले छोटो समयमा करोड क्लबमा प्रवेश पायो। सोही गीतकी गायिका मधु क्षेत्री पनि उत्तिकै चर्चामा आइन्।

लामो समयदेखि साङ्गीतिक क्षेत्रमा सक्रिय भए पनि खासै चर्चामा नरहेकी गायिका मधु क्षेत्रीको सो गीतसँगै चर्चा खुबै चुलियो। उनै गायिका मधु क्षेत्रीले हरेक साल जस्तै यस वर्ष पनि तीज गीत ल्याएकी छिन्।

‘हेर्दिन ऐना, ढाँटेको हैन, मै जस्ती राम्री कोही पनि छैन’ बोलको गीत उनले ल्याएकी हुन्। संयोग बस उनको अघिल्लो गीत ‘सोचे झैँ जिन्दगी रैनछ’ को अघिल्लो लाइनमा ‘टेबुलमा ऐना र काइँयो छ’ भन्ने थियो। अहिले भने उनको गीतमा ‘हेर्दिन ऐना’ भन्ने शब्द छ।

‘मलाई एउटा सिफारिस बनाइदेऊ मेयरसाप, यसको ब्याइफ्रेन्ड छैन भनेर’

गीतमा गायिका मधु क्षेत्रीलाई अर्का चर्चित गायक भागीरथ चलाउनेले साथ दिएका छन्। गीतमा सङ्गीत पनि गायक भागीरथ चलाउने कै छ।

गायिका मधु क्षेत्री र गायक भागीरथ चलाउने

सिनेम्याटोग्राफर नवराज उप्रेती रहेको भिडिओमा कलाकारहरू रमेश विश्वकर्मा र गीता ढुङ्गानाको जोडी नाचेका छन्।

उनीहरूलाई अरू कलाकारले पनि साथ दिएका छन्। सार्वजनिक भएको छोटो समयमै गीतले युट्युब र टिकटकमा चर्चा बटुल्दै गएको छ।

गीत निकै मेहनत गरेर निकालिएकोले यसपालिको गीत पनि अघिल्लो जस्तै चर्चामा आउने गायीका मधु क्षेत्रीको विश्वास छ।

एक वर्षयता कुनै गीत नगाएकी विष्णु माझीले तीज गीत ल्याउलिन् ? (भिडीओ)


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved