केन्द्रीय निर्वाचनका लागि क्यानले चयन गर्‍यो बागमतीबाट ३ जना प्रतिनिधि

नेपालभ्युज

केन्द्रीय निर्वाचनका लागि क्यानले चयन गर्‍यो  बागमतीबाट ३ जना प्रतिनिधि

काठमाडौं । बागमती प्रदेश क्रिकेट संघले नेपाल क्रिकेट संघ (क्यान) को केन्द्रीय निर्वाचनका लागि  ३ जना प्रतिनिधि पठाउने निर्णय गरेको छ ।

शनिबार बसेको संघको बोर्ड बैठकले अध्यक्ष पारस खड्कासहित  शेखर श्रेष्ठ र  प्रेमबहादुर क्षेत्रीलाई प्रतिनिधिको रुपमा  पठाउने निर्णय गरेको हो ।

यस्तै उक्त बैठकले बागमती प्रदेश क्रिकेट संघको क्रिकेट निर्देशकमा अनिल अधिकारी र महिला क्रिकेट संयोजकमा निरा राजोपाध्यायलाई नियुक्त गरेको छ ।

बैठकले प्रदेशिक क्रिकेट सञ्चालनका लागि विभिन्न पाँच समिति समेत गठन गरेको छ ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved