बागमती प्रदेश क्रिकेट संघको अध्यक्षमा पारस खड्का निर्वाचित

नेपालभ्युज

बागमती प्रदेश क्रिकेट संघको अध्यक्षमा पारस खड्का निर्वाचित

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान पारस खड्का बागमती प्रदेश क्रिकेट संघको अध्यक्षमा निर्वाचित भएका छन् ।

शुक्रबार भएको निर्वाचनमा उमेश पियालाई पछि पार्दै २३ मतसहित खड्का निर्वाचित भए भने  पियाले १४ मत मात्रै पाए ।

उपाध्यक्षमा प्रेमबहादुर क्षेत्री, सचिवमा प्रशन्न शाक्य, कोषाध्यक्षमा सञ्जय बस्नेत विजयी भए ।

यसैगरी सदस्यहरुमा अजयवीर पाण्डे, अनिल अधिकारी, सन्जोग पोखरेल, सुजन महर्जन, धिरज श्रेष्ठ, शेखर श्रेष्ठ, बसन्तराज सत्याल ‘अरुण’ र अनुजमान श्रेष्ठ निर्वाचित भएका छन्  ।

१३ सदस्यीय कार्यसमितिमा उनिसहित उनको टिमबाट १२ जना चयन भएका हुन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved