भारतका यी चर्चित कलाकारले अझै पाएका छैनन् ‘नेसनल अवार्ड’

नेपालभ्युज

भारतका यी चर्चित कलाकारले अझै पाएका छैनन् ‘नेसनल अवार्ड’

एजेन्सी । नेसनल फिल्म अवार्ड भारतको एउटा प्रमुख पुरस्कार मानिन्छ । हरेक वर्ष भारत सरकारद्वारा दिइने यस पुरस्कारका लागि फिल्म जगतबाट विभिन्न व्यक्तिलाई छानिन्छ । प्रधानमन्त्री स्वयंले पुरस्कार वितरण गर्ने गर्दछन् ।

यति ठूलो पुरस्कार अहिलेसम्म भारतका सुपरस्टार मानिने कलाकारले समेत पाएका छैनन् भन्दा अचम्म लाग्न सक्छ । तर, तपाईंहरूलाई आज हामी त्यस्ता कलाकारको नाम बताउनेछौं जसले अहिलेसम्म यो पुरस्कार हात पार्न सकेका छैनन् ।

कयौं सुपरहिट फिल्ममा काम गरिसकेकी माधुरी दीक्षितले अहिलेसम्म राष्ट्रिय चलचित्र पुरस्कार पाउन सकेकी छैनन् । त्यस्तै, सुपरस्टार आमिर खानले पनि अहिलेसम्म उक्त पुरस्कार पाएका छैनन् । करिना कपुरले पनि आफ्नो २० वर्षीय फिल्मी करिअरमा अहिलेसम्म नेशनल पुरस्कार पाउन सकेकी छैनन् ।

त्यस्तै, सुपरस्टार सलमान खानले पनि उक्त पुरस्कार पाएका छैनन् । अभिनेत्री काजोल र बलिउडका बादशाह शाहरुख खानले पनि अहिलेसम्म नेसनल फिल्म अवार्ड पाएका छैनन् ।

त्यसैगरी, अभिनेता ऋतिक रोशन, दीपिका पादुकोण, कैटरिना कैफ, गोविन्दा, शिल्पा शेट्टीले समेत यो पुरस्कार हात पार्न सकेका छैनन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved