५४ वर्षमा पनि २७ को जस्तै देखिन्छिन् यी पप गायिका, अपनाउँछिन यस्ता उपाए

नेपालभ्युज

५४ वर्षमा पनि २७ को जस्तै देखिन्छिन् यी पप गायिका, अपनाउँछिन यस्ता उपाए

एजेन्सी । अमेरिकन गायिका तथा अभिनेत्री जेनिफर लोपेजको सुन्दरता देखेर संसार कायल हुन्छ । लोपेज सधैँ आफ्नो जवानीका लागि चिनिन्छिन् ।

उनी विना मेकअप पनि एकदमै सुन्दर देखिन्छिन् । गायिकाले प्रायः आफ्नो सुन्दुरताको राज प्रसंशकमाझ साझा गरिराखेकी हुन्छिन् । उनी अहिले ५४ वर्षकी पुगिन । तर, अहिले पनि ३० भन्दा कम उमेरकी देखिन्छिन् ।

कसरी उनी जवान देखिन्छिन त ? उनले अपनाउने सुन्दरताको रहस्य के हो ? तपाई पनि जान्नुहोस ।

स्किनकेयरमा ध्यान दिन्छिन्

जेनिफर आफ्नो जेलो ब्रान्डकै क्लीन्जर प्रयोग गर्छिन् । यस क्लीन्जरको मूल्य ३८ अमेरिकी डलर पर्छ, जसलाई नेपालमा लगभग ५ हजार पर्न जान्छ । त्यसपछि उनी आफ्नै कम्पनीको सीरम पनि प्रयोग गर्छिन् । जेनिफर भन्छिन् यी अनुहारका लागि भिटामिन हुन् । मैले यसरी नै सोंच्छु कि बिहान मैले आफ्नो लागि भिटामिन लिनु छ ।

सकारात्मक रहन्छिन्

जेनिफर दिनको सुरुआत मेडिटेशनबाट गर्छिन् । उनी आफ्नो दिमाग र आत्मालाई सकारात्मकताले भरपूर राख्छिन् । यसका लागि उनी मोबाइल हेर्दिनन् । सकारात्मक कुरा पढ्छिन् र सकारात्मक सोच्ने गर्छिन् । सकारात्मक रहनाले पनि छालाको सुन्दरतामा धेरै प्रभाव पार्छ ।

भरपूर निद्रा लिनु

जेनिफर लोपेज आफ्नो ‘सेल्फकेयर’मा भरपूर निद्रा लिन बिर्सदिँनन् । लोपेजले एक अन्तरवार्तामा बताए अनुसार एउटा यस्तो समय थियो जहाँ उनी ३ देखि ५ घण्टा मात्र सुत्ने गरेकी थिइन् । उनी पूरै दिन सेट तथा पूरै रात स्टुडियोमा बिताउने गर्थिन् । त्यसको असर उनको मानसिक स्थितिमा पर्न थाल्यो, त्यसपछि उनले भरपूर निद्रा लिन थालिन् । थकान कम गर्न उनी ७ देखि ८ घण्टा सुत्छिन् ।

एन्टीएजिंग प्रोपर्टिज भएको खाना खाने

जेनिफर आफ्नो छालालाई जवान बनाइराख्न एन्टीएजिंग यानिकी जवान बनाइराख्न सहयोग गर्ने खालका गुण भएका आहार लिने गर्छिन् । यसका लागि उनी एकदमै धेरै पानी पिउँछिन् र त्यस्ता फलफूल तथा तरकारीको सेवन गर्छिन् जसमा एन्टीएजिंग गुण पाइन्छ । यसले छाला चाउरी पर्ने समस्या कम गर्छ ।

सनस्क्रीन छ जरुरी

एक अन्तरवार्ताका क्रममा जेनिफरले नियमित रुपमा सनस्क्रीनको प्रयोगले घामबाट छाला ड्यामेज हुन पाउँदैन भनेकी थिइन् । सनस्क्रीन लगाएपछि जेनिफरले आँखाका लागि ‘आई क्रीम’ पनि लगाउँछिन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved