समीक्षाको स्वीकारोक्ति : सँगै अस्ट्रेलिया गएकी दिदी उतै पढ्दैछिन्

भनिन् - झूटो समाचार छापेर बदनाम नगरिदिनुस्

आफूलाई केयर टेकरको रूपमा अभिभावक लैजानुपर्ने भन्दै एक महिला आफूसँगै अस्ट्रेलिया लगेर छाडेको आरोप लागेपछि गायिका समीक्षा अधिकारीले ‘दिदी उतै पढिरहेकी’ भन्दै स्वीकार गरेकी छिन्।

नेपालभ्युज

समीक्षाको स्वीकारोक्ति : सँगै अस्ट्रेलिया गएकी दिदी उतै पढ्दैछिन्

काठमाडौं। आफूलाई केयर टेकरको रूपमा अभिभावक लैजानुपर्ने भन्दै एक महिला आफूसँगै अस्ट्रेलिया लगेर छाडेको आरोप लागेपछि गायिका समीक्षा अधिकारीले ‘दिदी उतै पढिरहेकी’ भन्दै स्वीकार गरेकी छिन्।

यद्यपि उनले अस्ट्रेलियाले आफ्नो भिसा रद्द गरिदिएको भनी आएका समाचार झूटो भएको दाबी गरेकी छिन्।

अँध्यारो समय छिचोलेर अगाडि बढ्न खोज्दा फेरि आफ्नो बदनाम गर्न खोजिएको उनको गुनासो छ।

केही मिडियामा समीक्षाले दिदी शर्मिलालाई केयर टेकरका रूपमा अस्ट्रेलिया लगेर उतै छाडेपछि अस्ट्रेलियाले उनको भिसा रद्द गरेको समाचार प्रकाशित गरेका थिए।

सामाजिक सञ्जालमा स्ट्याटस लेख्दै समीक्षाले आफ्नो विषयमा आएका समाचारबारे प्रष्टीकरण दिएकी हुन्। उनले समाचारहरू हेरेर आफू आश्चर्यमा परेको बताएकी छन्।

अस्ट्रेलियाले किन गर्‍यो समीक्षा अधिकारीको भिसा ‘क्यान्सिल’ रु तीन वर्षसम्म प्रतिबन्ध हुनसक्ने

आफ्नी दिदी कुनै नियम तोडेर नभई अस्ट्रेलियाको नियममै रहेर त्यहाँ पढिरहेको उनको भनाइ छ। उनले भनिन्, ‘‘ मेरो दिदीले कुनै नियम तोडेर होइन अस्ट्रेलियाको नियम परिधिमा रहेर त्यहाँ पढ्दै छन्।  दिदीसँगको कुरा जोडेर प्लिज म र मेरो परिवारलाई तथ्यहीन कुरा नलेखिदिनु। सक्नुहुन्छ दुइवटा मिठा शब्द बोलिदिनुस् जसले मनोबल बढाओस्। सक्नु हुन्न मलाई मानसिक तनाव नदिनुस्’, उनले भनेकी छन्।

आफू ब्ल्याक लिस्टमा परेको खबर सरासर झुटो भएको समीक्षा बताउँछिन्। ‘‘मलाई अहिले तिज कार्यक्रमको लागी दिदी–बहिनी इभेन्टले बोलाएको हो। म १८ वर्ष पुगिसकेको छु र मैले गार्जियन एप्प्लाई गरेको छु भन्ने कुरा सरासर झुटो हो। यस्ता भ्रामक समाचार मा विश्वास नगरिदिनु हुन विनम्र आग्रह गर्दछु,’’ उनले लेखेकी छन्।

सम्बन्धित समाचार –

समीक्षा अधिकारीको खुलासा- पल शाहका मान्छेले मार्दिने धम्की दिएपछि मुद्दा फिर्ता लिएँ

गायिका समीक्षा अधिकारीमाथि स्टेजमै ढुङ्गा प्रहार

नारीलाई साँच्चिकै मान्छौ भने आत्माबाट मान : समीक्षा अधिकारी

समीक्षा अधिकारीको एक दिनमै ७ वटा गीत रेकर्ड

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved