आयोगले राष्ट्रपतिलाई बुझायो उपनिर्वाचनको प्रतिवेदन

नेपालभ्युज

आयोगले राष्ट्रपतिलाई बुझायो उपनिर्वाचनको प्रतिवेदन

काठमाडौं । निर्वाचन आयोगले हालै सम्पन्न उपनिर्वाचन सम्बन्धीको प्रतिवेदन राष्ट्रपति रामचन्द्र पौडेललाई बुझाएको छ ।

आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियाले बिहीबार राष्ट्रपति पौडेललाई प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य उपनिर्वाचन, २०८१ निर्वाचनको प्रतिवेदन बुझाएका हुन् ।

“सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यू समक्ष निर्वाचन आयोगका माननीय प्रमुख निर्वाचन आयुक्त श्री दिनेश कुमार थपलियाले राष्ट्रपति कार्यालयमा आयोजित कार्यक्रममा प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ६२ बमोजिम प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य उपनिर्वाचन, २०८१ निर्वाचन परिणाम सहितको प्रतिवेदन पेश गर्नुभयो,” राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

यही वैशाख १५ गते इलाम क्षेत्र नम्बर २ मा प्रतिनिससभा सदस्य र बझाङ १ (क)मा प्रदेशसभा सदस्य चयनका लागि उपनिर्वाचन भएको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved