पदवहाली गरेसँगै प्रधानन्यायाधीशले भने- केही गरेर जान्छु, न्यायको अनुभूति दिलाउँछु

नेपालभ्युज

पदवहाली गरेसँगै प्रधानन्यायाधीशले भने- केही गरेर जान्छु, न्यायको अनुभूति दिलाउँछु

काठमाडौँ । नवनियुक्त प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले पद तथा गोपनीयताको शपथ लिएसँगै पदवहाली गरेका छन् ।

सर्वोच्च अदालतमा पुगेर पदवहाली गर्ने क्रममा उनले न्यायको अनुभूति हुने गरी काम गर्ने बताए । ३१औँ प्रधानन्यायाधीशका रूपमा आफ्नो कार्यभार प्रारम्भ न्यायाधीश नियुक्ति प्रक्रिया तत्काल सुरु गर्ने पनि बताए ।

आफ्नो कार्यकालमा केही गरेर जाने उल्लेख गर्दै उनले न्याय परिषद्को बैठक राखेर तत्काल न्यायाधीश नियुक्ति प्रक्रिया अघि बढाउने र मुद्दा फछ्र्योटमा ध्यान दिने प्रतिबद्धता जनाए ।

नेपालको संविधानको धारा १२९ को उपधारा २ बमोजिम संवैधानिक परिषद्को सिफारिसमा राष्ट्रपति पौडेलले सोमबार श्रेष्ठलाई प्रधानन्यायाधीश पदमा नियुक्त गरेका हुन् । संसदीय सुनुवाइ समितिले सोमबार नै प्रधानन्यायाधीशमा श्रेष्ठलाई सर्वसम्मत अनुमोदन गरेको थियो ।

विसं २०१६ असोज २० मा डोटी जिल्लामा जन्मिनुभएका प्रधानन्यायाधीश श्रेष्ठको कैलालीको धनगढीमा स्थायी बसोबास रहेकोमा हाल काठमाडौँको कुलेश्वरमा बस्दै आएका छन् । श्रेष्ठ १९ असोज २०८१ पछि अनिवार्य अवकाश हुनेछन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

न्यूज अपडेट

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved