कलाकार भन्छन् – चलचित्रको अभिनय हिट भएमात्रै सिने क्षेत्रमा आयु लम्बिन्छ

नेपालभ्युज

कलाकार भन्छन् – चलचित्रको अभिनय हिट भएमात्रै सिने क्षेत्रमा आयु लम्बिन्छ

काठमाडौं ।  कलाकारहरुले चलचित्रमा पात्र हिट भएपछि मात्रै सिनेमा क्षेत्रमा कलाकारको आयु लम्बिने बताएका छन् । सोमवार काठमाडौंमा नेपाली चलचित्र गणपतिका कलाकारहरुसँगको साक्षात्कारमा कलाकारहरुले फिल्ममा जति धेरै पात्रको अभिनय रुचाइन्छ त्यति नै धेरै फिल्म क्षेत्रमा कलाकारहरुको आयु लम्बिने बताए ।

साक्षात्कार कार्यक्रममा बोल्दै अभिनेता मुकुन भुसालले कलाकारलाई फिल्मको बिजनेस अर्थ राख्ने भएपनि त्यससँगै क्यारेक्टर हिट भएपछि कलाकारको आयु पनि सिनेमा क्षेत्रमा लम्बिने बताए । उनले आफूले चलचित्र बुलबुलमा अभिनय गरेपछि चोपेन्द्र पात्रलाई धेरै रुचाइएको भन्दै अब गणपतिले त्यो छविलाई बिर्साउन सहयोग पुग्ने बताए ।

‘मैले मेरो पहिलो चलचित्र बुलबुल गर्दैगर्दा क्रिटीकल्ली एकदमै राम्रो मानियो । सिनेमामा चोपेन्द्र भन्ने क्यारेक्टर रुचाउनुभएको थियो ।मलाई मुकुन भुसाल भन्दा पनि चोपेन्द्र भनेर चिनिन्छ’  उनले भने, ‘गणपतिमा यस पटक टाइटल क्यारेक्टर गरेको भएर पनि यस पटक त्यो क्यारेक्टरले गरेको काम दर्शकले मन पराउनु भयो भने चोपेन्द्रको छविलाई कतै कतै गणपतिले छायाँमा पार्नसक्ने सम्भावना छ ।’

उनले भने, ‘महिनामै पुराना पात्र बिर्सिँदै नयाँ चरित्रमा आउन मन हुन्छ । कलाकारलाई फिल्मको बिजनेस त त्यसले अर्थ राख्छ तर क्यारेक्टर हिट भएपछि उसको आयु पनि कलाकारको आयु पनि सिनेमा क्षेत्रमा लम्बिन्छ ।’

त्यस्तै अर्का कलाकार देवेन्द्र बब्लूले आफूले भोगेको र देखेको कथामा काम गर्ने इच्छा गणपतिबाट पूरा भएको बताए । उनले भने, ‘आफूले भोगेको र देखेको कथामा काम गर्ने इच्छा थियो । जुन गणपतिमा पूरा भएको छ । कथा पढेपछि आफूले भोगेको कुरा आइसकेपछि राम्रो लागेर खेलेको हो ।’

त्यस्तै लेखक एवं निर्देशक सविन अधिकारीले गणपति चलचित्र आफ्नै गाउँघरमा भएको कथावस्तुमा आधारित रहेको उल्लेख गरे । ‘गणपति मेरो   गाउँमै घटेको कथामा आधारित छ । त्यो मन परेर उठाएको हो । बनाउँदै जाँदा झनै बेस्ट हुन गयो’  उनले भने, ‘मलाई खासमा लेख्न मन पर्छ । त्यो पनि निर्देशनमा जति मन पराउनुहुन्छ, त्यसरी नै चिन्नुहुनेछ । मलाई लेख्न मन पर्छ ।’

चलचित्र गणपति यही भदौ १४ गतेबाट देशभर प्रदर्शनमा आउँदैछ । चलचित्रमा मुकुन भुसाल, मेनुका प्रधान, प्रकाश घिमिरे, सूर्यमाला शर्मा, राजाराम पौडेल, अंशु महर्जन, पुष्कर गुरुङ, जयानन्द लामा, सुशील पोखरेल, देवेन्द्र बब्लू, कालु राणा, टीकाभक्त जिरेल, कविता न्यौपाने, शंकर धिताल, अनिश अधिकारी, रोहित कार्की, गीता थापा, स्मारिका खनाल, किरण एकचाई मगर, सागर बिसी, निश्मा भट्टराई, अवसर सुवेदी, प्रशान्त हुमागाईं, अनमोल तमाङ लगायतका कलाकारको अभिनय रहेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved