माओवादीले केन्द्रीय समितिको आकार अझै बढाउने

नेपालभ्युज

माओवादीले केन्द्रीय समितिको आकार अझै बढाउने
फाइल फोटो

काठमाडौं। नेकपा माओवादी केन्द्रले केन्द्रीय समितिको आकार अझै बढाउने भएको छ । पार्टी मुख्यालय पेरिसडाँडामा आज बसेको स्थायी समिति बैठकले मौजुदा केन्द्रीय समितिलाई समावेशी बनाउने गरी केन्द्रीय समितिको आकार बढाउने निर्णय गरेको हो ।

यसका लागि माओवादीले आजै विधान संशोधन गर्नेछ । विधान संशोधनपछि मात्रै केन्द्रीय समितिमा नयाँ सदस्यले सहभागिता जनाउन पाउनेछन् । बैठकपछि माओवादी प्रवक्ता कृष्णबहादुर महराले विधान संशोधन गरेर केन्द्रीय समिति विस्तार गरिने निर्णय भएको जानकारी दिए । अहिले माओवादीको केन्द्रीय समिति पाँच सय ८३ सदस्यीय छ । यसमा तीन सय ८५ पूर्ण र एक सय ९८ वैकल्पिक केन्द्रीय सदस्य छन् ।

विधान संशोधन गरेर महिला, दलित, युवा र पुराना नेता कार्यकर्तालाई केन्द्रीय समितिमा समेट्ने माओवादीको तयारी छ ।

बैठकमा तीन सय ८५ पूर्ण केन्द्रीय सदस्य, एक सय ९८ वैकल्पिक केन्द्रीय सदस्य, तीन आयोगका सदस्य ७५ र १० प्रदेशका पदाधिकारी एक सय गरी सात सय ५८ जनाको सहभागिता रहने छ ।

माओवादीले केन्द्रीय समिति बैठकको प्रत्यक्ष प्रसारण भने नगर्ने भएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved