भाजपाको निम्तोमा माओवादीका पाँच नेता भारत जाँदै

नेपालभ्युज

भाजपाको निम्तोमा माओवादीका पाँच नेता भारत जाँदै

काठमाडौं। भारतीय जनता पार्टीको निम्तोमा नेकपा माओवादी केन्द्रका नेताहरू आज भारत भ्रमणमा जाँदैछन् ।

माओवादी केन्द्रका उपमहासचिव पम्फा भुसालका नेतृत्वमा पाँच सदस्य टोली ६ दिने भारत भ्रमणमा जान लागेका हुन ।

भुसालसँगै सचिव चक्रपाणि खनाल स्थायी समिति सदस्य सत्य पहाडी, केन्द्रीय सदस्यहरू रामेश्वर राय यादव र सुरेशकुमार राई पनि भ्रमण टोलीमा छन्।

भाजपाले संसारभरिका पार्टीहरूसँग सम्बन्ध विस्तार गर्ने योजना अन्तर्गत माओवादी केन्द्रलाई औपचारिक रूपमा निम्तो दिएको हो ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved