आलेख

विशाल जनसांख्यिक परिवर्तनले विश्वलाई यसरी गर्दैछ पुन:आकारित

धेरै अर्थमा बुढ्यौली विकासको विजय हो । विकसित देशमा मानिस लामो समयसम्म बाँचिरहन्छन्। स्वास्थ्य जीवन र धनी हुन्छन् । मान्छे जति धनी हुँदै जान्छन, उत्तिकै कम बच्चा पाउँछन्। अब धेरै गरिब देशका लागि ठूलो अवसर आएको छ । विशेषज्ञ भन्छन्–यो परिवर्तनले आर्थिक वृद्धि र भूराजनीतिक शक्ति सन्तुलनलाई पुन:आकारित गर्न सक्दछ।

विशाल जनसांख्यिक परिवर्तनले विश्वलाई यसरी गर्दैछ पुन:आकारित

विश्वमा अहिले जनसांख्यिक परिवर्तन भइरहेको छ । युरोपमा संकुचन हुँदैछ । चीनमा संकुचन हुँदैछ । भारत सबैलाई उछिनेर यो वर्ष सबैभन्दा धेरै जनसंख्या भएको देश बनेको छ। तर, अहिलेसम्म हामीले देखेको त सुरुवात मात्रै हो । पूर्वाअनुमानहरू झनै कडा र भरपर्दा छन् ।

सन् २०५० सम्म युरोप र पूर्वी एसियाका केही भागमा ४० प्रतिशत जनसंख्या ६५ वर्ष वा त्यसभन्दा माथिको हुनेछ, अमेरिकाको सेवानिवृत्त वृद्ध–वयस्कहरूको राजधानी फ्लोरिडाको भन्दा दोब्बर । सेवानिवृत्तको असाधारण संख्या उनीहरूलाई भरथेग गर्नुपर्ने काम गर्ने मानिसको संकुचित संख्यामा निर्भर हुनेछ । अभिलेखित इतिहासमा आजसम्म यी राष्ट्रको अपेक्षित बुढ्यौलीजस्तो बुढोपन कहिल्यै कुनै राष्ट्रमा आएको थिएन।

विशेषज्ञ भविष्यवाणी गर्छन् कि, परिणामस्वरूप धनी देशहरूले स्वीकार गर्दै आएका जस्तै पेन्सन, सेवाअवधि अन्त्य हुने उमेर र कडा अध्यागमन नीतिहरू दिगो हुनका लागि निकै ठूला सुधार आवश्यक पर्नेछ । अर्थशास्त्रीहरू भन्छन्–आजका धनी देशहरूसँग विश्व जीडीपीको सानो हिस्सा मात्र हुनेछ। यो युरोप, अमेरिका, चीन र अन्य शीर्ष अर्थतन्त्रका लागि सामुद्री परिवर्तन हो । यी देशसँग अहिले विश्वका सबैभन्दा धेरै काम गर्ने उमेर समूहका मानिस छन्। यिनीहरूको बलले अहिले यिनको आर्थिक वृद्धिलाई अगाडि बढाउन मद्दत गरेको छ । त्यो समायोजित हुनेछ ।

यी देश अहिले नै बुढ्यौलीको सूचीमा पर्न थालेका छन् । संयुक्त राष्ट्र संघको प्रक्षेपणअनुसार सन्तुलित र सर्वोत्तम कार्यशक्ति प्रायः दक्षिण र दक्षिणपूर्वी एसिया, अफ्रिका र मध्यपूर्वमा हुनेछ । विशेषज्ञ भन्छन्–यो परिवर्तनले आर्थिक वृद्धि र भूराजनीतिक शक्ति सन्तुलनलाई पुन:आकारित गर्न सक्दछ। सन् १९९० मा विश्व जनसंख्याको कार्यशील उमेर समूहको सबैभन्दा ठूलो अंश भएका उच्च १० देश जापान, दक्षिण कोरिया, जर्मनी, इटाली, रुस, अमेरिका, फ्रान्स, चीन, थाइल्यान्ड र बेलायत थिए । अहिले दक्षिण कोरिया, ब्राजिल, कोलम्बिया, चीन, थाइल्यान्ड, इरान, म्यानमार, भियतनाम, इन्डोनेसिया र बंगलादेश छन् ।

सन् २०५० मा दक्षिण अफ्रिका, म्यानमार, भारत, बंगलादेश, फिलिपिन्स, पाकिस्तान, केन्या, इन्डोनेसिया, इजिप्ट र इथियोपिया हुनेछन् । धेरै अर्थमा बुढ्यौली विकासको विजय हो । विकसित देशमा मानिस लामो समयसम्म बाँचिरहन्छन्। स्वास्थ्य जीवन र धनी हुन्छन् । मान्छे जति धनी हुँदै जान्छन, उत्तिकै कम बच्चा पाउँछन्। अब धेरै गरिब देशका लागि ठूलो अवसर आएको छ । जब काम गर्ने उमेर समूह धेरै र बुढ्यौली उमेर समूह थोरै हुन्छ त्यसले आर्थिक वृद्धिमा तेल थप्छ । जब जन्मदर घट्दछ, देशहरूको ‘जनसांख्यिक लाभांश’ कटनी हुन थाल्दछ।

साना आकारका परिवारसँग शिक्षा र सन्तानमा लगानी गर्न बढी समय हुन्छ । त्यस्तो बेला धेरै महिला श्रमशक्तिका रूपमा प्रवेश गर्दछन् । त्यसले आर्थिक वृद्धिलाई चक्रवृतीय बनाउँछ। जनसांख्यिकी कुनै भाग्य हैन र जनसांख्यिक लाभांश स्वचालित छैन । काम बिनाका काम गर्ने उमेर समूहका मानिस धेरै भए भने वृद्धिको साटो अस्थिरता बढाउँछ । त्यस्ता मान्छेको उमेर बढ्दै जाँदा धनी देशले लामो समयसम्म आर्थिक लाभ र उच्च जीवनस्तरको आनन्द उठाइरहनेछन्। तर, उमेरको आर्थिक तर्कशास्त्रबाट उम्किन गाह्रो छ ।

म्याक्स प्लंक इन्स्टिच्युट फर डेमोग्राफिक रिसर्चका निर्देशक मिक्को मर्स्याकेला भन्छन्–‘ यी परिवर्तनले कसैलाई आश्चर्यचकित नपार्नुपर्ने हो, तर पारिरहेको छ । तर, यो यस कारणले हैन कि हामीलाई थाहा थिएन । बरु यस कारणले हो कि यसलाई राजनीतिक प्रतिक्रिया गर्न गाह्रो छ ।’

युवाको अवसर

धेरै युवा देशमा जस्तै केन्यामा केही वर्ष यता जन्मदर तीव्र ढंगले घटयो। त्यहाँ प्रतिमहिला औसत जन्मदर ५० वर्ष अघि ८ बच्चा थियो । वितेका ३ वर्षमा १ मात्र भएको छ । केन्याको जनसांख्यिकी सन् १९७० को मध्यतिरको दक्षिण कोरियाको जस्तै देखिन्छ । दक्षिण कोरियाको अर्थतन्त्रले त्यो बेला ऐतिहासिक वृद्धि सुरु गरेको थियो तर जन्मदर घट्ने क्रम भने अलि सुस्त थियो । अधिकांश अफ्रिका र दक्षिण एसियाको उमेर संरचना समान छ। उल्टोक्रम भने ठूलै छ।

गत शताब्दिमा दक्षिण कोरिया, चीन, जापान र सिंगापुरमा भएको आर्थिक वृद्धिको झण्डै एक तिहाइ हिस्साबारे यही अनुमान हुने गर्दंछ कि त्यहाँ काम गर्ने उमेर समूहको जनसंख्यामा उछाल आएको थियो । यस्ता धेरै जनसांख्यिक परिवर्तन अहिले नै तय भइसकेका छन् । किनकि, सन् २०५० मा जीवित हुने मान्छेहरू अहिले नै जन्मिसकेका छन्। तर, पूर्वानुमानहरूमा सधैं अनिश्चितता पनि समावेश हुन्छ । जस्तो कि, सब–साहारा अफ्रिकी देशमा प्रजनन दर संयुक्त राष्ट्रसंघीय परियोजनाको अनुमान भन्दा पनि छिटो घट्दैछ । यसको अर्थ हुन्छ–अफ्रिकी देशहरू अहिलेको भन्दा सन् २०५० सम्म अनुमान गरिएभन्दा राम्रो स्थितिमा हुन सक्दछन्। तर, यदि ठीक नीति भएनन् भने काम गर्ने उमेर समूहको ठूलो जनसंख्या आर्थिक बृद्धिको साटो प्रतिउत्पादक पनि हुन सक्दछ ।

ल्याटिन अमेरिकामा उमेर संरचना पूर्वी एसियाली देशको जस्तै थियो, तर त्यहाँ उस्तै बृद्धिदर देखिएन । विश्व बैंकको पूर्वी एसिया र प्रशान्त क्षेत्रीय जनसांख्यिक प्रतिवेदनका काम गरिसकेका फिलिप ओ केफे भन्छन्–‘जनसंख्या कच्चा पदार्थ हो, लाभांश कच्चा पदार्थ र राम्रा नीतिको अन्तर्क्रिया हो।’

यदि, काम गर्न योग्य वयस्कले शिक्षा र रोजगारको अवसर पाएनन्, बेरोजगारी व्यापक फैलियो भने स्थायित्वलाई चुनौती दिन सक्दछ । निरास युवा अवसरका लागि आपराधिक तथा सशस्त्र समूहतिर लाग्न सक्दछन् । यदि, श्रमशक्तिका रूपमा प्रवेश गरिरहेका मान्छेका लागि रोजगार भएन भने त्यो जनसांख्यिक लाभांश बन्छ नै भन्ने हुँदैन । वितेका दशकमा जनसांख्यिक सुमधुरताको उच्च स्थानमा पुगेका पूर्वी एसियाली देशमा त्यो सम्भावनाको फाइदा उठाउन सक्ने संस्था र नीति थिए ।

विश्वको अर्को भाग, उदाहरणका लागि ल्याटिन अमेरिकामा उमेर संरचना पूर्वी एसियाली देशको जस्तै थियो, तर त्यहाँ उस्तै बृद्धिदर देखिएन । विश्व बैंकको पूर्वी एसिया र प्रशान्त क्षेत्रीय जनसांख्यिक प्रतिवेदनका काम गरिसकेका फिलिप ओ केफे भन्छन्–‘जनसंख्या कच्चा पदार्थ हो, लाभांश कच्चा पदार्थ र राम्रा नीतिको अन्तर्क्रिया हो।’

बुढ्यौलीका चुनौती

आजको युवा देशहरू मात्रै महत्त्वपूर्ण मोडमा भएका हैनन्, धनी देशहरूको रूपान्तरण भर्खरै मात्र सुरु भएको छ । यदि, ती देशले कामदार संख्याको संकुचनको तयारी गर्न असफल भए भने कल्याणकारी काम र आर्थिक शक्तिबाट क्रमश: गिरावटको सामना गर्नुपर्ने छ ।

सन् २०५० सम्म दक्षिण कोरिया र इटली संसारको सबैभन्दा धेरै बुढा मानिस भएका देश हुनेछन् । त्यहाँ क्रमशः १ करोड ३० लाख र १ करोडले काम गर्न योग्य उमेर समूहको जनसंख्या घट्नेछ । चीनमा त्यस्तो जनसंख्या २० करोडले घट्ने छ, जो संसारका अधिकांश देशको भन्दा एक्लै धेरै हो। विज्ञका अनुसार यसको सामना गर्न धनी देशले बुढेसकालको निवृत्तिभरण, अध्यागमन नीति र बुढेसकालको जीवनबारे पुनर्विचार गर्नुपर्नेछ ।

परिवर्तन सजिलो गरी आउने छैन । फ्रान्समा सेवानिवृत्त उमेरको हद ६२ बाट ६४ वर्ष मात्र बनाउँदा पनि दशौैं लाख मानिस सडकमा आए । यसले समायोजनको राजनीति कति अप्ठ्यारो छ भन्ने देखाउँछ । आप्रवासनको भयले बुढ्यौली उमेरका पश्चिम र पूर्वी एसिया दुवैतिरका देशमा दक्षिणपन्थी उम्मेद्वारको जनसमर्थनमा तेल थपिरहेको छ।

विश्वस्तरमा हेर्दा एउटा ठूलो चुनौती त जनसंख्याको वितरणको पनि हो । त्यसले गर्दा पनि कतै धेरै युवा र कतै धेरै वृद्ध जनसंख्या भएको छ । यसले सीमाहरूलाई अझ खुकुलो बनाउनुपर्ने संकेत गर्दंछ । तर, सँगसँगै के पनि देखिन्छ भने त्यसो गर्दा दक्षिणपन्थी प्रियतावादी आन्दोलन बढ्न सक्ने हुँदा त्यति सजिलो भने छैन। जनसांख्यिक परिवर्तनको सबैभन्दा छिटो प्रभाव एसियाली देशमा हुनेछ ।

कतिपय एसियाली देश छिटो बुढो मात्र हुँदै छैनन्, धनी हुनुभन्दा अगाडि नै बुढो हुँदैछन्। जापान, उत्तर कोरिया र सिंगापुरमा अपेक्षाकृत उच्च आयस्तर छ तर चीनले काम गर्ने उमेर समूहको जनसंख्या उच्च विन्दूमा पुग्दा पनि अमेरिकाको २० प्रतिशत जति आयस्तर मात्रै उकास्न सक्यो ।

उमेर संरचनामा यस्तो परिर्वतन आउन फ्रान्समा १०० वर्ष र अमेरिकामा ६० वर्ष लाग्यो, धेरैजसो पूर्वी र दक्षिण पूर्वी एसियाली देशमा २० वर्षमा हुँदैछ । कतिपय एसियाली देश छिटो बुढो मात्र हुँदै छैनन्, धनी हुनुभन्दा अगाडि नै बुढो हुँदैछन्। जापान, उत्तर कोरिया र सिंगापुरमा अपेक्षाकृत उच्च आयस्तर छ तर चीनले काम गर्ने उमेर समूहको जनसंख्या उच्च विन्दूमा पुग्दा पनि अमेरिकाको २० प्रतिशत जति आयस्तर मात्रै उकास्न सक्यो । भियतनामले सोही स्तर र विन्दूमा १४ प्रतिशतको मात्र आयस्तर हासिल गर्यो । कम आयस्तर भएका देशसँग धनी देशको भन्दा बृद्ध जनसंख्याका लागि निवृत्तिभरण प्रणाली प्रदान गर्न कम क्षमता हुने छ ।

न्यून आयस्तर भएका देशले श्रमिकलाई बलियो पेन्सन प्रणालीको सुरक्षा दिन सक्दैनन् । उनीहरूले धनी देशले भन्दा विरलै खर्च गर्न सक्नेछन् । अमेरिकालगायत धनी देशले भने जनसांख्यिक परिवर्तनको ठूलो दबाब सामना गर्न नपर्ने हुन सक्दछ । अलि उच्च प्रजनन दर र खुकुलो आप्रवासन नीति भएका अमेरिका र अस्ट्रेलियाजस्ता देश सन् २०५० सम्म पनि अरु धनी देशभन्दा अलिक युवा नै रहन सक्दछन् । यी दुवै देशमा सन् २०५० सम्म पनि २४ प्रतिशतभन्दा कमै जनसंख्या ६५ वर्ष वा त्यसभन्दा माथिको हुने अनुमान छ । आजको भन्दा त त्यो धेरै नै हो तर, अधिकांश युरोप र पूर्वी एसियाको भन्दा कम हो, जो कम्तीमा ३० प्रतिशतभन्दा माथि हुनेछन्।

बुढ्यौली यस्ता धेरै समस्याका बाबजुद एक ठूलो उपलब्धि पनि हो । यसको अर्थ हो– मान्छेले आफनो जीवन अवधि वृद्धिलाई व्यवस्थापन गर्न सक्नु । हामीले अकाल मृत्युदर घटाएका छौं । कुनै बेलाको जस्तो सामाजिक बाध्यताले जतिसुकै पनि बच्चा जन्माउनुपर्ने जबरजस्तीबाट मान्छेले छनोटको अधिकार पाएको छ। मान्छे लामो उमेर मात्र बाँचिरहेका छैनन्, झनै बढी स्वास्थ्य र सक्रिय जीवन पनि बाँचिरहेका छन् । विकसित देशमा बुढ्यौली बढ्नु भनेको समृद्धिबाट आनन्द उठाउने अवधि लामो हुनु पनि हो।

तर, आचरणगत र सरकारी नीतिगत विकल्प छनोटको गुन्जायस ठूलो छ । फिलिप ओ केफे भन्छन्–‘हामीले जनसांख्यिकीको अनुमान आत्मविश्वासका साथ गर्न सक्दछौं, तर त्यो बेला समाज कस्तो हुनेछ भन्ने कुरा धेरै हदसम्म नीतिगत छनोट र आचरणगत परिर्वतनमा निर्भर हुनेछ।’

(न्युयोर्क टाइम्सबाट अनुदित )


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप लेख

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved