वीरेन्द्रनगरबाट यौन व्यवसायमा संलग्न रहेको आरोपमा १७ जना पकाउ

नेपालभ्युज

वीरेन्द्रनगरबाट यौन व्यवसायमा संलग्न रहेको आरोपमा १७ जना पकाउ
सांकेतिक तस्वीर

सुर्खेत । जिल्लाको वीरेन्द्रनगरका विभिन्न स्थानबाट यौन व्यवसायमा संलग्न भएको आरोपमा १२ महिलासहित पाँच पुरुष पक्राउ परेका छन्। वीरेन्द्रनगरमा सञ्चालित विभिन्न होटलहरूबाट प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार शनिबार दिउँसो कर्णाली प्रदेशको राजधानी समेत रहेको वीरेन्द्रनगरमा यौन व्यवसाय सञ्चालन भइरहेको गोप्य सूचनाको आधारमा प्रहरीले छापा हानेको थियो।

सुर्खेतका डिएसपी लक्ष्मणबहादुर शाहीले १२ वटा महिला ५ पुरुष गरेर १७ जना पक्राउ गरेको जानकारी दिए।

‘प्रहरीलाई अवैध रुपमा यौन व्यवसाय सञ्चालन भइरहेको भन्ने गोप्य खबर आएको थियो’ उनले भने, ‘त्यसै अनुसार वीरेन्द्रनगरका विभिन्न होटलमा छापा हानेर उनीहरूलाई पक्राउ गरेको हो। उनीहरू माथि भोलि थप अनुसन्धान हुन्छ।’


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved