प्रदेशस्तरीय खुला ब्याडमिन्टन प्रतियोगिताको उपाधि विवेक र नवीनलाई

नेपालभ्युज

प्रदेशस्तरीय खुला ब्याडमिन्टन प्रतियोगिताको उपाधि विवेक र नवीनलाई

ताप्लेजुङ । ताप्लेजुङमा शनिबार सम्पन्न तेस्रो मेयर कप तथा प्रदेशस्तरीय खुला ब्याडमिन्टन प्रतियोगिताअन्तर्गत मेन्स डबल खुलातर्फको उपाधि विवेक कन्दङ्वा र नवीन सिलवालले हात पारेका छन् । प्रदेशस्तरीय उक्त प्रतियोगितामा महेश खड्का र लाक्पा शेर्पा दोस्रो भएका छन् ।

भेट्रान्स डबलतर्फ दीपक आङ्देम्बे र गणेश राई प्रथम  भएको छ भने रामराज आङ्देम्बे र युकमणी लिम्बू द्वितीय भएका छन् । मेन्स डबल्स जुनियरतर्फ जिल्लास्तरीय प्रतियोगितामा आइद्रेश लिम्बू र भूपेन्द्र लिम्बू प्रथम भएका छन् भने दक्ष लिम्बू र वसन्त तामाङ दोस्रो बने ।

कर्मचारीतर्फको जिल्लास्तरीय प्रतिस्पर्धामा लक्ष्मण घतानी र खेगेन गुरुङ पहिलो र शिवकुमार काम्बाङ र केशव पौडेल दास्रो भए । मिक्स डबलतर्फ शिवकुमार मगर र सरुना गुरुङ प्रथम हुँदा आइद्रेश लिम्बू र रेसिका गुरुङ दोस्रो बने ।

प्रतियोगिताअन्तर्गत मेन्स डबल्स खुलातर्फ प्रथमलाई नगद रु ३० हजार र द्वितीयलाई नगद रु २० हजारका साथ ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिएको छ । भेट्रान्स डबल्सतर्फ प्रथमलाई नगद रु २५ हजार र द्वितीयलाई रु १५ हजारका साथ ट्रफी, मेडल र प्रमाणपत्र दिइएको छ ।

यस्तै मेन्स डबल्स (जुनियर)तर्फ प्रथम हुनेलाई नगद रु २० हजार र द्वितीय हुनेलाई नगद रु १५ हजारका साथ ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिएको छ । कर्मचारी डबल्सतर्फ प्रथमलाई नगद रु १५ हजार र द्वितीयलाई नगद रु १० हजारका साथ ट्रफी, मेडल र प्रमाणपत्र वितरण गरिएको आयोजक जिल्ला व्याडमिन्टन सङ्घका अध्यक्ष सुरेश लिम्बू (सिङघक)ले जानकारी दिए ।

उनका अनुसार प्रतियोगितामा कोशी प्रदेशका १० वटा जिल्लाका खेलाडीले सहभागिता जनाएका थिए । रासस


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved