बिन्दास पारामा अदालत छिरेका टोपबहादुर निस्किए निराश मुद्रामा

अदालतभित्र प्रवेश गर्दा रायमाझी प्रफुल्लित ‘बिन्दास’ पारामा देखिन्थे। उनको हाउभाउबाट कतै पनि उनी हिरासतबाट आएका अभियुक्त हुन् भन्ने भाव देखाएनन्। तर, अदालतबाट निस्किने क्रममा भने घोसेमुन्टो लगाएका मात्र थिएनन्, अनुहारको चमक पनि उडेको थियो।

नेपालभ्युज

बिन्दास पारामा अदालत छिरेका टोपबहादुर निस्किए निराश मुद्रामा

काठमाडौं। प्रहरीले अदालतभित्र लैजाँदा सञ्चारकर्मीलाई मुस्कुराउँदै हात हल्लाएर अभिवादन गरेका पूर्व उपप्रधान एवं एमाले सचिव टोपबहादुर रायमाझी बाहिर निस्कँदा भने निराश मुद्रामा देखिए।

नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका रायमाझीलाई सरकारी वकिल कार्यालयमा प्रहरीको गाडीबाट झर्दा र जिल्ला अदालतमा पेस गर्दा मुस्काइरहेका थिए।

पूर्वगृहमन्त्री तथा कांग्रेसका प्रभावशाली नेता बालकृष्ण खाणजस्तै रायमाझीलाई पनि प्रहरीले बिना हतकडी जिल्ला अदालत लगेको थियो। उनले अनुहारमा मास्क लगाउन पनि आवश्यक ठानेनन्। अदालतभित्र प्रवेश गर्दा रायमाझी प्रफुल्लित ‘बिन्दास’ पारामा देखिन्थे। उनले फोटो तथा भिडिओ लिन बसेका सञ्चारकर्मीतर्फ हेरेर हात हल्लाउँदै अभिवादन गरे।

प्रहरी घेरामा टोपबहादुरको बडी ल्याङग्वेज स् मुस्कानले छोप्न खोज्दै अपराध ! (फोटो फिचर)

उनको हाउभाउबाट कतै पनि उनी हिरासतबाट आएका अभियुक्त हुन् भन्ने भाव देखाएनन्। उनी अदालत जाँदा विजयी भाव झल्किने गरी हात हल्लाए। अनुहारमा उस्तै खुसी। भ्रष्टाचारको आरोप लाग्ने धेरैमा पश्चात्तापको साटो प्रसन्नता देखिन्छ। तर टोपबहादुरमा भने त्यसको उल्टो देखियो। तर, अदालतबाट निस्किने क्रममा भने टोपबहादुरको हाउभाउ भने पुरै परिवर्तन थियो।

उनले घोसेमुन्टो लगाएका मात्र थिएनन्, अनुहारको चमक पनि उडेको थियो। मलिन र निराशा अनुहारमा बाहिरिएका उनलाई प्रहरीले तुरुन्तै गाडीमा राख्यो। उनलाई फेरि सोह्रखुट्टेस्थित प्रहरी वृत्तको हिरासतमा लगिएको छ।

‘टोपबहादुर दाइ राति लुसुक्क मेरो घरमा आउनुभयो, केहीबेरमै प्रहरी पनि आइपुग्यो’

टोपबहादुरले सरकारी वकिलको कार्यालय पुगेपछि मुस्कुराउँदै हात हल्लाए

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved