टोपबहादुरले सरकारी वकिलको कार्यालय पुगेपछि मुस्कुराउँदै हात हल्लाए

प्रहरीको गाडीबाट झरेपछि उनले सञ्चारकर्मीलाई हात हल्लाए। उनलाई पनि पूर्वगृहमन्त्री बालकृष्ण खाणलाईजस्तै हतकडी भने लगाइएको छैन। अदालतले म्याद दिएपछि रायमाझीमाथि प्रहरीले थप अनुसन्धान गर्नेछ।

नेपालभ्युज

टोपबहादुरले सरकारी वकिलको कार्यालय पुगेपछि मुस्कुराउँदै हात हल्लाए

काठमाडौं। नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका एमाले सचिव टोपबहादुर रायमाझीलाई सरकारी वकिलको कार्यालयमा लगिएको छ। जिल्ला अदालतमा पेस गर्ने प्रक्रिया पूरा गर्न सरकारी वकिलको कार्यालय काठमाडौं लगिएको हो।

आइतबार राति काठमाडौंको बुढानीलकण्ठबाट पक्राउ परेका थिए। कार्यालय परिसरमा प्रहरीको गाडीबाट झरेपछि उनले सञ्चारकर्मीलाई हात हल्लाए। उनलाई पनि पूर्वगृहमन्त्री बालकृष्ण खाणलाईजस्तै हतकडी भने लगाइएको छैन।

उनी प्रहरीको गाडीबाट ओर्लनासाथ मुस्कुराउँदै हात हल्लाउँदै सरकारी वकिलको कार्यालय छिरे। अदालतले म्याद दिएपछि रायमाझीमाथि प्रहरीले थप अनुसन्धान गर्नेछ।

वैशाख २० गते उनीविरुद्ध पक्राउ पुर्जी जारी भएको थियो। १० दिनपछि उनी पक्राउ परेका हुन्। रायमाझीले ठगी गर्ने गिरोहलाई सहज हुने गरी नीतिगत निर्णय गराउन भूमिका खेलेको आरोप छ। यसअघि यही प्रकरणमा पूर्वगृहमन्त्री खाणलगायत उच्चपदस्थ व्यक्तिहरू पक्राउ परिसकेका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved