इन्टरनेट सेवा अवरुद्ध गरे हदैसम्मको कारबाही हुने प्राधिकरणको चेतावनी

नेपालभ्युज

इन्टरनेट सेवा अवरुद्ध गरे हदैसम्मको कारबाही हुने प्राधिकरणको चेतावनी

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले इन्टरनेट सेवा अवरुद्ध गरे हदैसम्मको कारबाही गरिने कम्पनीहरूलाई चेतावनी दिएको छ । बिहीबार केही प्रमुख इन्टरनेट सेवा प्रदायकको इन्टरनेट करिब ६ घण्टा अवरुद्ध भएको कारण प्राधिकरणले विज्ञप्ति निकाल्दै यस्तो चेतावनी दिएको हो ।

प्राधिकरणबाट गरिएको अनुगमन तथा निरीक्षणबाट केही सेवा प्रदायकको सेवा अवरुद्ध भएको पुष्टि भएको समेत प्राधिकरणले जनाएको छ ।

“तत्काल प्राधिकरणबाट लिइएको पहलकदमी र सरोकारवालाहरूबाट भएको सहयोग एवं समन्वयले केही समयभित्र नै इन्टरनेट सेवा सुचारु भएको,” प्राधिकरणका प्रवक्ता सन्तोष पौडेलद्वारा शुक्रबार जारी विज्ञप्तिमा उल्लेख छ ।

“आम उपभोक्तालाई निर्वाधरूपमा सेवा उपलब्ध गराउन सम्बन्धित सेवा प्रदायकहरूलाई निर्देशन दिइएको,” प्राधिकरणले भनेको छ, “अन्यथा दूरसञ्चार ऐन, २०५३ लगायत  प्रचलित कानुनबमोजिम हदैसम्मको कारबाही गरिने बेहोरा सम्बन्धित सेवा प्रदायकहरूलाई जानकारी गराइन्छ ।”


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved