प्रहरी घेरामा टोपबहादुरको बडी ल्याङग्वेज : मुस्कानले छोप्न खोज्दै अपराध ! (फोटो फिचर)

खाण भने मास्क लगाएर घोसे मुन्टो लगाउँथे। तर, टोपबहादुरले त्यसो गरेनन्, लगाएको मास्क फुकालेर हातमा लिए। मुस्काउँदै हात हल्लाए।

प्रहरी घेरामा टोपबहादुरको बडी ल्याङग्वेज : मुस्कानले छोप्न खोज्दै अपराध ! (फोटो फिचर)

काठमाडौं। नक्कली शरणार्थी प्रकरणमा वैशाख २० मा पक्राउ पुर्जी जारी भएपछि पूर्वउपप्रधान तथा नेकपा एमाले सचिव टोपबहादुर रायमाझी फरार भए।

अर्घाखाँचीको एक सार्वजनिक कार्यक्रमबाट फर्किएर बुटवल आएका उनी त्यहीँबाट सार्वजनिक सम्पर्कविहीन बने। प्रहरीले खोजी गरिरहेको थियो। बुधबार नेपाली कांग्रेसका प्रभावशाली नेता तथा पूर्वगृहमन्त्री बालकृष्ण खाण सोही प्रकरणमा पक्राउ परे। धेरैलाई लाग्यो ‘अब त टोपबहादुरले आत्मसमर्पण गर्न आउँछन्’ भन्ने।

किनकि, नक्कली शरणार्थी प्रकरणमा राजनीतिक पूर्वाग्रहका साथ प्रतिपक्षी दलका नेतालाई मात्र फसाउन खोजिएको एमालेको सन्देह थियो।

तर, उल्टै टोपबहादुरले बुधबार संसद् सचिवालयलाई आफू बिरामी भएको बहाना गर्दै पत्र पठाए। प्रतिनिधिसभा सदस्य समेत रहेका उनले अझै फरार भइरहने संकेत गरे। उनी लुकेरै बसी पनि रहे। तर, धेरै दिन भने छुप्न सकेनन्।

आइतबार साँझ काठमाडौंको बुढानीलकण्ठस्थित पासीकोटस्थित एक घरमा भेटिए। त्यहाँबाट प्रहरीले नियन्त्रणमा लियो। उनलाई महानगरीय प्रहरी वृत्त सोह्रखुट्टेमा राखियो ।

टोपबहादुरले सरकारी वकिलको कार्यालय पुगेपछि मुस्कुराउँदै हात हल्लाए

कानुनबमोजिम जिल्ला अदालतमा पेस गर्ने प्रक्रिया पूरा गर्न उनलाई सोमबार दिउँसो साढे ३ बजे सरकारी वकिलको कार्यालय काठमाडौं ल्याइयो।

झन्डै दुईसाता लामो फरार जीवन बिताएर पक्राउ परेपछि प्रहरीद्वारा सार्वजनिक गरिएका उनको बडील्याङग्वेजमा भने हाइकन्फिडेन्स देखिन्थ्यो।

 

यसअघि, पूर्वगृहमन्त्री खाणलाई भने प्रहरीले अदालत लैजाँदा ल्याउँदा उनी मास्क लगाएर घोसे मुन्टो लगाउँथे। तर, टोपबहादुरले त्यसो गरेनन्, लगाएको मास्क फुकालेर हातमा लिए।  मुस्काउँदै हात हल्लाए। बबरमहलस्थित सरकारी वकिलको कार्यालय परिसरमा प्रहरीको गाडीबाट झरेलगतै उनले सञ्चारकर्मीलाई हात हल्लाए। उनलाई हतकडी लगाइएको छैन।

टोपबहादुरको क्रियालाई हेरेपछि कतिपयले प्रतिक्रिया दिएका छन्, ‘‘आफ्नो अपराध नभएको भए किन भाग्थे। अनुसन्धानलाई सघाउन पहिल्यै आफैँ प्रहरीकहाँ आउँथे। अहिले लोक लाजको कारण अपराधलाई ढाक्न मुस्कुराएको नाटक गरिरहेका छन्।’’


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved